कीवर्डहरू -

बिहिबारदेखि चितवनमा  डिजिकम क्यान इन्फोटेक २०१८ 

प्रदर्शनीमा विभिन्न कम्पनीका ८० स्टल

बिहिबारदेखि चितवनमा  डिजिकम क्यान इन्फोटेक २०१८ 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा बिहिबारदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु हुदैछ । राजधानीमा गत माघ ११ देखि १६ गतेसम्म भएको क्यान इन्फोटेकपछि क्यान महासंघले प्रदेशस्तरीय इन्फोटेक मेला सुरु गरेको छ ।


यसअनुरुप प्रदेश ३ अन्तर्गत चितवनमा इन्फोटेक मेला आयोजना गरिएको हो । भरतपुरस्थित नवनिर्मित चितवन एक्स्पो सेन्टरमा ५ दिनसम्म सञ्चालन हुने सूचना प्रविधिको बृहत् प्रदर्शनीमा विभिन्न कम्पनीका ८० स्टल छन् । यसअन्तर्गत कम्युटर, मोबाइल, ल्यापटप, प्रिन्टर, नेटवर्किङ प्रडक्ट, इन्टरनेट सेवाप्रदायक, स्मार्ट टिभी, सफ्टवेयर, आइटी र कम्प्युटर इन्जिनियरिङ कलेज, सेक्युरिटी, कन्सल्टेन्सीलगायतका स्टल रहेको जानकारी क्यान महासंघ चितवनका अध्यक्ष भानु शर्माले दिए । मेलाकै अवसर पारी आइटीसम्बन्धी जनचेतनामूलक सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी तथा अन्तर विद्यालय र अन्तर कलेजस्तरीय क्विज कम्पिटिसन पनि हुनेछ ।

मेलाबाटै आवश्यक सूचना प्रविधिसम्बन्धी सामान खरिद गर्न पाइने र आवश्यक जानकारी लिन पाइने व्यवस्थासमेत मिलाइएको छ । ‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने मूल नारासहित मेला आयोजना गर्न लागिएको यो मेलालाई २ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । यसअघि ०६५ र ०६७ सालमा चितवनमा क्यान इन्फोटेक मेला गरिएको थियो ।

\"\"

तेस्रो संस्करणको क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा डिजिकम र एसोसिएट स्पोन्सरमा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट रहेका छन् । प्लाटिनम स्पोन्सरमा नेटिस, डायमन्ड स्पोन्सरमा टेकमाइन्ड नेटवर्क, गोल्ड स्पोन्सरहरुमा मेगाटेक ट्रेड ग्रुप र एडीम्याक्स र सिल्भर स्पोन्सरहरुमा ई स्क्यान एन्टिभाइरस, टेक्नोज कर्पोरेशन र सार्क इन्टरनेसनल छन् ।

मेला सम्पन्न गर्न करिब ७१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । दुई लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको यस मेला अवलोकन गन ५० रूपैयाँ टिकटको व्यवस्था गरिएको छ । कुनै पनि सामुदायिक विद्यालयले विद्यालयको सिफारिसमा सामूहिक रूपमा आएमा निःशुल्क प्रवेश दिइने व्यवस्था ल्याइएको छ ।


इन्फोटेक मेला अवधिभर कम्पनीहरुले आफ्ना नयाँ प्रडक्ट र सर्भिस आकर्षक योजनासहित प्रदर्शनीमा राख्नेछन् । साथै स्थानीय स्तरमा उत्पादन भएका सफ्टवेयर र अन्य प्रविधिको सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि २०६५ र २०६७ सालमा चितवनमा क्यान इन्फोटेक मेला आयोजना गरिएको थियो ।