कीवर्डहरू -

कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने

सबै कारोबारहरुमा चैत मसान्तसम्म कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट गरिने सबै कारोबारहरुमा चैत मसान्तसम्म कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुको शाखामा सेवाग्राहीको भिड कम गर्न कनेक्ट आइपीएसले कारोबार शुल्क चैत मसान्तसम्म निशुल्क गरेको हो ।

मोबाइल एप, वेब, र बैंकहरुको मोबाइल तथा इन्टरनेट बैंकिङबाट गरिने कनेक्ट आइपीएसको कारोबारहरुमा समेत उक्त व्यवस्था गरिएको छ ।

कनेक्ट आइपीएसबाट एक वा एक भन्दा बढी बैंक खाता लिङ्क गरी फण्ड ट्रान्सफर गर्न सकिन्छ । साथै कनेक्ट आईपीएसबाट सेयर कारोबोर, मोबाइल वालेटमा रकम लोड, स्कुल कलेजको रकम तिर्न, इन्टरनेटको रकम भुक्तानी, बसको टिकट काट्न तथा अन्य विभिन्न भुक्तानी गर्न सकिन्छ ।

कनेक्ट आइपीएसको वेबसाइटबाट दशलाख रुपैयाँ र मोबाइल एपबाट एकलाख रुपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ ।

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको कनेक्ट आइपीएस नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तय संस्थाहरुबाट प्रवर्द्धित रहेको छ ।