कीवर्डहरू -

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शूल्क नलाग्ने

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन संघ र नेपाल वित्तिय संस्था संघले सयुक्त विज्ञप्ती जारी गरी यस्तो निर्णय गरेका हुन् ।

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शूल्क नलाग्ने

अब कुनै पनि बैंक तथा वित्तिय संस्थाको कार्ड प्रयोग गरी नेपाल भित्र अन्य बैंक तथा वित्तिय संस्थाको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शूल्क नलाग्ने भएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले सयुक्त विज्ञप्ती जारी गरी यस्तो निर्णय गरेका हुन् ।

\"\"

यी तीनवटा संस्थाले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकाले सम्भव भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कोरोबार माध्यम प्रयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।

त्यस्तै ‘कुनै पनि प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन माफर्त सम्पर्क गर्न तथा अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजान र भिडभाड कम गर्न समेत अनुरोध गर्दछौं’ जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवामा समेत कुनै शूल्क नलाग्ने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन संघ र नेपाल वित्तिय संस्था संघले सयुक्त विज्ञप्ती मार्फत् जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस !!!

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने

खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने