कीवर्डहरू -

नेपाल सहित एसियाली देशलाई कोरोनासँग लड्न ज्याक माले सहयोग उपलब्ध गराउने

ज्याक माले केही दिन अगाडी अमेरिकालाई पनि स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

नेपाल सहित एसियाली देशलाई कोरोनासँग लड्न ज्याक माले सहयोग उपलब्ध गराउने

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले नेपाल सहित नौ वटा एसियाली देशलाई कोरोना भाइरससँग लड्नको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् नेपाल, अफगानस्तान, बंगलादेश, कम्बोडिया, लाओस, मालदिभ्स, मंगोलिया, म्यान्मार, पाकिस्तान र श्रीलंकालाई सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ज्याक माले १८ लाख मास्क, दुईलाख दशहजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट (सुरक्षित पोसाक), सहित भेन्टिलेटर र थर्मोमिटर जस्ता स्वास्थ्य सामग्री दान गर्ने बताएका छन् ।

\"\"

सहयोग छिटो पुर्‍याउने काम सजिलो नभएपनि तर यो काम गर्ने ज्याक माले प्रतिबद्धता जनाएका छन् । ज्याक माले केही दिन अगाडी अमेरिकालाई पनि स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

यो पनि पढ्नुहोस !!

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट