कीवर्डहरू -

लोकप्रिय चलचित्र छक्का पञ्जा ३ डिशहोममा हेर्न सकिने

छक्का पञ्जा ३ अब डिशहोमको सिनेमाघर च्यानलमा

लोकप्रिय चलचित्र छक्का पञ्जा ३ डिशहोममा हेर्न सकिने

डिसहोमले लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोमको सिनेमाघर च्यानलमा प्रसारण सुरु गरेको छ ।

डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ हेर्न सकिनेछ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर च्यानल संचालन गर्दै आएको छ ।

डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुबै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा हेर्न सकिन्छ ।

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ ।

साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।