कीवर्डहरू -

द ब्रिटिस कलेजले सुरु गर्‍यो अनलाइन कक्षा

कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो ।

द ब्रिटिस कलेजले सुरु गर्‍यो अनलाइन कक्षा

काठमाडौँ । काठमाडौँको थापाथलिस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको छ ।

विश्वव्यापी रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको कारण कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो ।

कलेजले विद्यार्थी तथा कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरी कार्यान्वयनमा ल्याएको कलेजले जानकारी दिएको छ ।

नेपाललाई विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको तथा नेशनल हेल्थ सर्भिस (यूके) र नेपाल सरकारले समेत सतर्कता अपनाउन निर्देशन दिएसँगै कलेजले अनलाइन कक्षाको सुरुवात गरेको हो ।

विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसको लागि प्राध्यापकहरुले विद्यार्थीहरुलाई अनलाईन प्लेटफर्ममार्फत् कक्षा दिनेछन् ।

साथै विद्यार्थीहरुको सेवाको लागि कलेजका हरेक शाखाको हटलाइन नम्बरहरु संचालनमा रहेका छन् । उपलब्ध भएका हरेक शाखाका हटलाइन नम्बरसँगै इमेल, ह्वाट्स एप तथा भाइबरबाट समेत विद्यार्थीहरुले कलेजबाट पाउने सेवा पाउनेछन् ।

कलेजले हालको अवस्थाको बारेमा सम्बन्धन लिएका विश्वविद्यालयहरुलाई पनि यसबारेमा जानकारी गराई आगामी दिनमा पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरुको पढाइको गुणस्तरमा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेको छ ।

साथै कलेजले अहिलेको अवस्थालाई सबैले बुझ्न तथा अवस्था अनुकुल हुनेवित्तिकै नियमित पढाईमा फर्कने बताएको छ ।

यसबारेमा थप जानकारी चाहिएको खण्डमा हटलाइन नम्बर ९८२३०४१०१३ मा सम्पर्क गर्न वा  [email protected] मा इमेल गर्नको लागि अनुरोध गरेको छ ।