कीवर्डहरू -

फ्युज मेसिनले ल्यायो कोरोनाको जानकारी दिने वेबसाइट

यो वेबसाइटमा आपतकालिन नम्बर समेत राखिएको छ ।

फ्युज मेसिनले ल्यायो कोरोनाको जानकारी दिने वेबसाइट

फ्युज मेसिनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जानकारी दिन वेबसाइट सञ्चालनमा ल्याएको छ । जुन वेबसाइटको नाम कोभिड नेपाल रहेको छ ।

कोभिड नेपाल वेबसाइटबाट नेपाल र विश्वमा कोरोना भाइरसको अवस्था के छ भनेर थाहा पाउन सकिन्छ ।   यो वेबसाइटमा आपतकालिन नम्बर समेत राखिएको छ ।

जसमा नेपाल सरकारले प्रदान गरेका नम्बरहरु रहेका छन् । यो वेबसाइटबाट  कहाँ गएर परीक्षण गर्ने र कहिले परीक्षण गर्ने बारेमा पनि सूचना प्राप्त गर्न सकिने छ ।

त्यसैगरी कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिने छ । फ्युज मेसिनले ल्याएको कोरोनाको जानकारी दिने वेबसाइट यहाँ क्लिक गरेर हेर्न सकिने छ ।