कीवर्डहरू -

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सिमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार मोबाइल बैंकिङ र वालेटबाट हुने भुक्तानीको सीमा बढाएको जानकारी दिएको हो ।

यो सँगै अब मोबाइल बैंकिङ (क्युआर कोड समेत) मार्फत् दिनको १ लाख र महिनाको १० लाख रुपैयाँ सम्म कारोबार गर्न सकिने भएको छ । यो भन्दा अगाडी दिनको ५० हजार र महिनाको २ लाख रुपैयाँ मात्र कारोबार गर्न पाइन्थ्यो ।

इन्टरनेट बैङकिङ (मर्चेन्ट पेमेन्ट) को लागि दिनको १० लाख र महिनाको ३० लाख रुपैयाँ तोकिएको छ । भने इन्टरनेट बैंकिङ (खाता ट्रान्सफर) को लागि दिनको १० लाख र महिनाको ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।

त्यस्तै वालेट मार्फत् हुने कारोबारमा एजेन्ट वा सब- एजेन्टबाट वालेटमा दिनको २५ हजार र महिनामा १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ । बैंक खाताबाट वालेटमा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख रुपैयाँको सिमा निर्धारण गरिएको छ ।

यसैगरी वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख रुपैयाँ ट्रान्सफर गर्न सकिने छ । भने एउटा वालेटबाट अर्को वालेटमा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने छ ।