कीवर्डहरू -

कोरोनाको संक्रमण कम गर्न सिंगापुरले विकास गर्‍यो कन्ट्याक्ट ट्रयाकिङ मोबाइल एप

\'ट्रयास टुगेदर\' नामको मोबाइल एप सार्वजनिक

कोरोनाको संक्रमण कम गर्न सिंगापुरले विकास गर्‍यो कन्ट्याक्ट ट्रयाकिङ मोबाइल एप

सिंगापुरले कन्ट्याक्ट ट्रयासिङ मोबाइल एप सार्वजनिक गरेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालय र सरकारी प्रविधि एजेन्सी (गभटेक) को सहकार्यमा 'ट्रयास टुगेदर' नामको मोबाइल एप सार्वजनिक भएको हो ।

गत मार्च २० मा सार्वजनिक भएको यो एप विकास गर्न करिब ८ हप्ता लागेको थियो । कोरोना भाइरसको संक्रमण कम गर्न ट्यास टुगेदर मोबाइल एपको विकास गरिएको हो ।

यो एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको  छ । सिंगापुर सरकारले यो एप डाउनलोड अनिवार्य भने गरेको छैन् ।

प्रयोगकर्ताको फोनमा भएका डेटा इन्क्रिप्टेड हुने र जसले गर्दा यो एपले अन्य डेटामा पहुँछ नराख्ने बताइएको छ । यो एप प्रयोग गर्न सिंगापुरको मोबाइल नम्बर आवश्यक हुन्छ ।