कीवर्डहरू -

सरकारलाई कोरोना रोकथामको लागि एनसेलको १० करोड सहयोग

सरकारलाई कोरोना रोकथामको लागि एनसेलको १० करोड सहयोग

नेपाल सरकारले  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ले मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

एनसेलले सहयोग गरेको रकम  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट खरिद तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ ।