कीवर्डहरू -

टेलिकमले फेर्‍यो रिङ ब्याक टोनको सन्देश

टेलिकमले फेर्‍यो रिङ ब्याक टोनको सन्देश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धि रिङ ब्याक टोन परिवर्तन गरेको छ ।

बुधबारबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन घरमै बस्न आग्रह गरिएको सन्देश राखिएको छ ।

साथै आफु वा आफ्नो परिवारको सदस्यको  स्वास्थ्यमा कुनै समस्या आए १११५ मा निशूल्क फोन गर्न वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको सन्देश रिङ ब्याक टोनमा सुन्न सकिने छ ।

यसअघि टेलिकमले कोरोना भाइरसबाट बच्ने उपायाको सन्देश रिङ ब्याक टोनमा राखेको थियो ।