कीवर्डहरू -

स्कुलहरुलाई एक महिनासम्म निशूल्क स्मार्टर एप

स्कुलहरुलाई एक महिनासम्म निशूल्क स्मार्टर एप

भिडियोको माध्यमबाट विद्यार्थिहरुलाई सिकाईरहेको म्याक्स कनेक्टले स्कुलहरुलाई स्मार्टर लर्निङ एप एक महिनाको लागि निशूल्क प्रदान गर्ने भएको छ ।

स्मार्टर एपमा अहिले कक्षा ४ देखि कक्षा ९ सम्मको गणित र विज्ञान विषयका भिडियो कन्टेन्टहरु रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विद्यार्थिहरुको पढाइमा परिरहेको समस्यालाई मध्यनजर गर्दै स्मार्टर एपले स्कुलहरुलाई एकमहिना निशूल्क सेवा प्रदान गरेको हो ।

यो योजनामा सहभागी हुनको लागि यहाँ क्लिक गरेर फम भर्नुहोस । फम भरिसकेपछि स्मार्टर एपले एउटा लगइन कोड उपलब्ध गराउने छ र उक्त कोड मार्फत स्मार्टर एप निशूल्क प्रयोग गर्न सकिनेछ ।