कीवर्डहरू -

शाओमिको \'एमआइ ४ के एक्सन क्यामेरा\' अब नेपाली बजारमा उपलब्ध

शाओमिको \'एमआइ ४ के एक्सन क्यामेरा\' अब नेपाली बजारमा उपलब्ध

केहि समय अघि मात्र नेपाली बजारमा आफ्नो व्यापार शुरु गरेको शाओमी ब्रान्डले नेपाली बजारमा धेरै प्रकारका उपकरणहरु लन्च गरिसकेको छ ।यसैक्रममा शाओमीको ' एमआइ ४ के एक्सन क्यामेरा ' नेपाली बजारका लागि शाओमिको अधिकारिक बिक्रेता वत्सल इम्पेक्सले उपलब्ध गराएको हो । उक्त क्यामेरा एडभेन्चर लभरहरुको लागि लक्षित गरेर बजारमा ल्याईएको हो ।

एमआइ ४ के एक्सन क्यामेरा सानो र सजिलै लिएर हिड्न मिल्छ  र ४ के  फर्म्याटको भिडियो सुट गर्न सकिन्छ  । यसमा सोनी आइएमेक्स ३१७ लेन्सको प्रयोग गरिएको छ भने, उक्त लेन्सको एपर्चर  एफ/२.८ रहेको छ । १४५ डिग्री भ्यू  एन्गल रहेको यो क्यामेराबाट स्लो मोसन भिडियो , टायम लाप्स फोटो तथा भिडीयोहरु  शुट गर्न सकिन्छ ।

\"\" एमआइ ४ के एक्सन क्यामेरा मा ९६०  x ४८० पिक्सेल रेजोलुसन सहित २.४ इन्चको टच स्क्रीन रहेको छ । यो क्यामेरामा ६४ जीबी स्टोरेज रहेको छ । त्यस्तै १,४५० एमएएच ब्याट्री जडान गरिएको सो क्यामेराले लगातार १२० मिन सम्म ४ के भिडीयो शुट गर्न मिल्छ ।

ब्लुटुथ तथा वाइफाई पनि सपोर्ट गर्ने यो एक्सन क्यामेरालाई  एप्लीकेसनको सहायताद्वारा  स्मार्टफोनबाट पनि कन्ट्रोल गर्न सकिन्छ । यो डीभाइजको नेपाली मुल्य रु  २४ हजार ९ सय ९९ रहेको छ ।