विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जानकारी दिन भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको वास्तविक जानकारी तथा सूचना दिन विश्व स्वास्थ्य संगठनले ‘WHO Coronavirus Info’ नामको भाइबर च्याटबटको सुरुवात गरेको हो ।
यस च्याटबटबाट प्रयोगकर्ताले विश्व स्वस्थ्य संगठनबाट ताजा समाचार तथा जानकारी पाउन सक्ने छन् ।
त्यस्तै प्रयोगकर्ताले यस च्याटबटबाट आफुलाई कसरी सुरक्षित राख्ने, कोरोना सम्बन्धि गलत सूचना तथा मास्कको कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्न सक्ने छन् ।
विश्व स्वास्थ्य संगठनले सुरु गरेको भाइबर कम्युनिटीमा जोडिन यहाँ क्लिक गर्नहोस ।