कीवर्डहरू -

यी कम्पनीले तपाईंलाई घरमै ल्याइ दिनेछन् खाद्यान्नका सामान

यी कम्पनीले तपाईंलाई घरमै ल्याइ दिनेछन् खाद्यान्नका सामान

कोरोना भाइरसको संक्रमण कम गर्न यतिबेला नेपाल सरकारले देश लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन् ।

यो लकडाउनको समयमा तपाईँहरुलाई चाहिने खाद्यान्न तथा अत्यावश्यक सामानहरु अनलाइनबाटै घरमा मगाउन सक्नु हुनेछ ।

भाटभटेनी सूपर स्टोर, के के मार्ट, बिग मार्ट, दरबार मार्ट, मरो किराना, निमबस बजार, ग्यापु, सेल्सबेरी तथा सस्तोडिल लगायतले अर्डर अनुसारको किराना सामान घरमै ल्याइदिने छन् ।

जसको लागि भाटभटेनी सूपर स्टोरको लागि इन्स्टाग्राम तथा ९८०१२२४८६१ मा भाइबर गर्न सकिने छ । त्यस्तै मेरो किरानाको लागि ०१४४११००० मा फोन गर्न सकिने छ ।

भने सेल्सबेरीको लागि फोन तथा भाइबर ९८०१२३४८९७ (सातदोबाटो), ९८०१९०५२१९ (सीतापाईला) र ९८०१९७३३१२ (महाराजगञ्ज) मा सम्पर्क गर्न सकिने छ ।  सस्तोडिलको वेबसाइटबाट पनि सामान अर्डर गरन सकिनेछ ।

त्यसैगरी बिग मार्टको सामान दराको मोबाइल एप प्रयोग गरी अर्डर गर्न सकिने छ । भने केके मार्टबाट सामान अर्डर गर्न ९८०१८००००६, ९८४१७९२४८८ मा काठमाडौं र ९८०८२००७७९१, ९८०२००७७९६ मा टेक्स्ट फोन वा ह्वाट्सएप गर्न सक्नु हुनेछ ।   केके मार्टका सामान भोजडिलबाट समेत अर्डर गर्न सकिने छ ।

\"\"