कीवर्डहरू -

लकडाउनको बेला घरमै आइपुग्छ ओषधि

लकडाउनको बेला घरमै आइपुग्छ ओषधि

कोरोना भाइरसको संक्रमण कम गर्न यतिबेला नेपाल सरकारले देश लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु सरकारले बन्द गरेको छ ।

यो लकडाउनको समयमा तपाईंलाई ओषधिको आवश्यकता पर्‍यो । चिन्ता नलिनुहोस अब घरमै आइपुग्छ तपाईलाई चाहिएको ओषधि । इजि केयर, जीभी, दबाई २४ तथा नेपमेड्स लगायत कम्पनीले ओषधि घरमै ल्याइ दिनेछन् ।

जसमा इजि केयरको लागि ९८६०९८०९९९ मा सम्पर्क गर्न सकिने छ । भने जीभीको लागि ०१४४४०१०९ फोन तथा मोबाइल एपबाट ओषधि अर्डर गर्न सकिने छ ।

त्यस्तै दबाई २४ को लागि ९८५१११९९०७ मा फोन तथा मोबाइल एपबाटै अर्डर गर्न सकिने छ । भने नेप मेड्सको लागि ९८०१६६७७८८ फोन तथा मोबाइल एपबाटै ओषधि अर्डर गर्न सकिन्छ ।

\"\"