कीवर्डहरू -

लकडाउनको समयमा घरमा सामान बिग्रियो, यसरी लिनुहोस् अनलाइनबाटै निशूल्क मर्मत सेवा

लकडाउनको समयमा घरमा सामान बिग्रियो, यसरी लिनुहोस् अनलाइनबाटै निशूल्क मर्मत सेवा

विश्वमा यतिबेला कोरोना भाइरसले महामारीको रुप लिएको छ । जसको असर नेपालमा पनि परेको छ । कोरोनाको संक्रमण कम गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ ।

लकडाउनको समयमा तपाईँको घरमा सामान बिग्रियो । सामान बिग्रियमा के गर्ने भन्ने सोच्नु भएको छ भने अब चिन्ता गर्नु पर्दैन । जसको समाधान लिएर आएको छ सजिलो मर्मत सेवा ।

\"\"

सजिलो मर्मत सेवाले कम्प्युटर, प्लम्बिङ तथा बिजुली सम्बन्धि सेवालाई फोकस गरेर अनलाइनबाट निशूल्क मर्मतको सेवा दिइ रहेको छ । अहिलेलाई चैत २६ गतेसम्म मात्र निशूल्क सेवा उपलब्ध रहेको छ ।

सजिलो मर्मतको निशूल्क सेवा प्रयोग गर्न  ९८०१८८८२८२ मा फोन गर्नु पर्नेछ ।  फोन गरेर आफ्नो समस्या बताएपछि सजिलो मर्मत सेवाका टेक्निसियनले सोलुसन बताइदिने छन् ।

\"\"