कीवर्डहरू -

कोरोना सम्वन्धि नि:शुल्क अनलाइन परामर्श, यसरी लिनुहोस् सेवा

नेपालीको स्वास्थको लागि \'कोरोना बिरुद्द सँग संगै लडौ\'

कोरोना सम्वन्धि नि:शुल्क अनलाइन परामर्श,  यसरी लिनुहोस् सेवा

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वमा यतिबेला महामारीको रुप लिएको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ ।

जसको कारण उद्योग, कलकारखाना, कार्यालय, शैक्षिक संस्था सबै बन्द रहेका छन् । लकडाउनको असर स्वास्थ्य संस्थामा पनि परेको छ । जसको कारण अत्यावश्यक बाहेका सबै सेवा बन्द छन् । यही समस्यालाई ध्यानमा राख्दै टिडिओ नेपाल अर्थात टप डाक्टर्स अनलाइनले डाक्टरहरुसँग अनलाइनबाटै निशूल्क परामर्शको सुविधा दिएको छ ।

\"\"

कोरोना संकटको अवस्थामा कोरोनासँग सबै मिलेर लडौं भन्ने नारा सहित टिडिओ नेपालले एनसेल, टेलिनेट, लिभिङ विथ आइसिटी, भेनिसो तथा एसआरएल डाइगोनोसिससँग सहकार्य गरेको छ । नेपाली सर्बसाधारणको कम्पनीले १ महिनासम्म आफ्ना सेवाहरु नि:शुल्क गरेको छ ।

अनलाइनबाट निशूल्क डाक्टरहरुसँग परामर्श लिनको लागि यो वेबपोर्टलमा जानुहोस । नेपाल फाइट्स कोरोना वेबसाइटमा प्रबेश गरेपछि त्यहाँ लक्षण जाँचकर्ता, जाँच केन्द्रहरु, निशूल्क परामर्श, बारम्बार सोधिने प्रश्न तथा हेल्पलाइन लगायतका विकल्प देख्नु हुनेछ ।

त्यहाँबाट तपाईँलाई आवश्यक परेको विकल्प छनोट गरी परामर्श लिन सक्नु हुनेछ । त्यसपछि आफुलाई आवश्यक परेको विकल्प छनोट गरी वेबसाइट तथा फेसबुक म्यासेन्जरबाट कोरोना भाइरनस सम्बन्धि परामर्श लिन सकिने छ ।

डब्लुएचओ र स्वास्थ मन्त्रालयको निर्देशिका अनुसार तयार पारिएको च्याटबोटमा आधारित लक्षण जाच्ने प्रणाली मार्फत सम्भाब्य बिरामीको अवस्था जानकारी लिन सकिन्छ । टिडीओ नेपालले गत हप्तामात्र विभिन्न बिषयमा ३ हजारबढीको जिज्ञासा समाधान गरेको जनाएको छ ।

\"\"