कीवर्डहरू -

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो कोरोनाको ‘स्व-परीक्षण वेब एप’    

विशेषज्ञ चिकित्सहरको परामर्शमा ‘स्व-परीक्षण वेब एप’

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो कोरोनाको ‘स्व-परीक्षण वेब एप’    

नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सहरको परामर्शमा ‘स्व-परीक्षण वेब एप’ सार्वजनिक गरेको छ ।

यस पोर्टलबाट कोरोनाको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सकिन्छ । यसको विशेषता भनेको यदि कसैमा कोरानाको संकेत देखिएमा भौतिक परीक्षण तथा उपचारका लागि प्रेरित गर्ने र नदेखिएमा मानसिक तनावबाट मुक्ति गर्ने रहेको छ ।

कोरोना जोखिम बारे सचेतना अभिवृद्धि गराउने, संक्रमण देखिएमा नागरिकको पहिचान गर्न बल पुर्‍याउदै व्यक्ति, समुदाय र राष्ट्रलाई सघाउने,  मनोबैज्ञानिक रुपले ठुलो पंक्तिलाई स्व परीक्षणमा सघाउने र सतर्कताका लागि जाहरुक गराउने यस वेब एपको उदेश्य रहेको छ ।

यस वेब पोर्टलमा चिकित्सकीय परामर्शको लागि डाक्टर अञ्जनी झा, डाक्टर बाशुदेव पाण्डे, डाक्टर अनिल विक्रम कार्की तथा डाक्टर अशेष ढुङ्गानालाई तोकीएको छ ।

यो वेब एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले गरेको थियो ।

वेबसाइटबाट नेपाल तथा विश्वको कोरोना भाइरसको ताजा अपडेट पनि थाहा पाउन सकिने छ । वेबपोर्टलमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस ।

\"\"