कीवर्डहरू -

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब घरघरमा खाद्यान्न पुर्‍याउने  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब घरघरमा खाद्यान्न पुर्‍याउने  

सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनबाट खाद्यान्न होम डेलिभरी गर्ने भएको छ । जसको लागि  नेपाल फुड डटकम वेबसाइट निर्माण भइरहेको छ ।

यो वेबसाइट कम्पनीको आइटी टीमले परीक्षण गर्दैछ । परीक्षण सफल भएपछि मानिसको घरघरमा खाद्यान्न पुर्‍याउने कम्पनीले बताएको छ ।

नेपाल फुड डटकम वेबसाइटबाट कम्तिमा ३ हजारको सामान अर्डर गरेपछि मात्र होम डेलिभरी हुनेछ । यसमा क्यास अन डेलिभरीको समेत सुविधा उपलब्ध रहेको छ ।