कीवर्डहरू -

एफवान सफ्टका बिश्वास ढकाल र नेपाल टेलिकमकि कामिनी राजभण्डारीलाई \'बेस्ट म्यानेजर अवार्ड\'

एफवान सफ्टका बिश्वास ढकाल र नेपाल टेलिकमकि कामिनी राजभण्डारीलाई \'बेस्ट म्यानेजर अवार्ड\'

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्ने बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट युवा उद्यमी विश्वास ढकाललाई प्रदान गरिएको छ।


यसैगरी म्यानले प्रदान गर्ने आउटस्टाण्डिङ म्यानेजर अवार्ड नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राप्त गरेकी छन्।

ढकालको नेतृत्वमा सन् २००४ देखि एफवान सफ्टले सूचना प्रविधिको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको छ। पछिल्लो पाँच वर्षयता एफवान सफ्टले वित्तीय क्षेत्रमा प्रविधि भित्र्याउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।

एफवान सफ्टले मोवाइल बैंकिङ सेवा , इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम , डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे इ-सेवामार्फत वित्तीय सेवा दिंदै आएको छ।

ढकाल नेतृत्वको एफवान सफ्ट अन्तर्गत अहिले २०० जनाभन्दा बढीले रोजगारी पाएका छन्। एफवान सफ्ट मातहत प्रविधि र व्यवस्थापन क्षेत्रमा ती जनशक्तिको प्रयोग भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीले सुरुवात गरेको फिनटेक प्रविधि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट मान्यता प्राप्त हुनुका साथै यसले २०१४ इन्टरनेशनल बिजनेश अवार्ड (काँस्य पदक) , एफएनसिसिआइ सर्भिस एक्सिलेन्स अवार्ड २०१३ तथा रेड हेरिङ टप १०० एसिया अवार्ड २०१२ प्राप्त गरेको छ।

कामिनी राजभण्डारी एक बर्ष अघि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति भएकी हुन् उनि नेपालको इतिहासमा नेपाल टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक पनि हुन्