कीवर्डहरू -

जि सुइट प्रयोगकर्ताले जिमेलबाट यसरी प्रयोग गर्नुहोस गूगल मिट

जि सुइट प्रयोगकर्ताले जिमेलबाट यसरी प्रयोग गर्नुहोस गूगल मिट

कोभिड १९ अर्थात कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको छ । गूगल मिट, जुम, माइक्रोसफ्ट टीम्स जस्ता सफ्टवेयरहरु भिडियो कन्फेरेन्सिङको लागि लोकप्रिय छन् ।

केही समय अगाडि गूगल ह्याङआउटको नाम परिवर्तन गर्दे गूगलले गूगल मिट बनाएको थियो । गूगलले यसमा केही नयाँ सुविधा पनि थप गरेको छ ।

गूगलले हालै जिमेलमा नयाँ फिचर सार्वजनिक गरेको छ । जसमार्फत जि सुइट प्रयोगकर्ताले मात्रै जिमेलबाटै गूगल मिटको प्रयोग गर्न सक्छन् ।

जिमेलबाट यसरी गर्नुहोस मिटिङ होस्ट

\"\"

सुरुमा तपाईँको कम्प्युटरमा वेब ब्राउजरबाट जिमेल अकाउन्ट खोल्नुहोस । जिमेल अकाउन्ट खोलेपछि साइडबारमा रहेको ‘मिट’  अप्सनमा जानुहोस ।

मिट अप्सनमा गएपछि ‘स्टार्ट अ मिटिङ’ मा जानुहोस । त्यसपछि मिट युआरएल सहित नयाँ पपअप विन्डो खुल्नेछ । पपअप विन्डो खुलेपछि  अन्य मानिसलाई मिटिङमा इन्भाइट गरेर जिमेलबाटै मिटिङ होस्ट गर्न सकिनेछ ।

जिमेलबाट यसरी जोडिनुहोस मिटिङमा

\"\"

यसको लागि पनि तपाईले सुरुमा जिमेल अकाउन्ट खोल्नु पर्ने हुन्छ ।  त्यसपछि ‘मिट’ सेक्सनमा गई जोइन मिटिङमा क्लिक गरी मिटिङ कोड राखेर मिटिङमा सहभागि हुन सकिनेछ ।