कीवर्डहरू -

डिजिटल शिक्षा र इ लर्निङको विषयमा \'डिजिटल संवाद\'को आयोजना हुदै

डिजिटल शिक्षा र इ लर्निङको विषयमा \'डिजिटल संवाद\'को आयोजना हुदै

पछिल्लो समय लकडाउनले करोडौ विद्यार्थीहरु विद्यालय र स्कुलको नियमित कक्षा र अध्ययनबाट टाढा भइरहेका छन । तर प्रविधिले हाम्रोे जिवनशैली नै सहज बनाइरहेको अवस्थामा विद्यार्थीहरुलाई अनलाइबाटै बढाउन सकिने विषयमा छलफल, अन्तकृयाहरु भइरहेका छन । नेपालमा नै कतिपय कलेज तथा विद्यालयहरुले अनलाइन शिक्षा प्रदान गर्न थालिसकेको अवस्था छ । यहि सन्दर्भमा डिजिटल तथा अनलाइन शिक्षाको सम्भावना, अवसर र चुनौतीका विषयमा डिजिटल संवाद हुने भएको छ ।


आज शनिवार दिउसो १ बजेदेखि सञ्चालन हुने विशेष अन्तकृया कार्यक्रममा १० जनाबढि विज्ञ तथा सम्वन्धित क्षेत्रका व्यत्तिहरु रिसोर्स पसर्नको रुपमा उपस्थित हुनेछन । १ घन्टा ३० मिनेटको डिजिटल संवादलाई तिन भागमा विभाजन गरिएको प्रस्तोता हेमपाल श्रेष्ठले जानकारी दिए । पहिलो १५ मिनेट प्रा.डा मनिष पोखरेलले डिजिटल शिक्षाको सम्भावना र भइरहेका प्रयासको बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन भने ३० मिनेट विभिन्न विज्ञ तथा रिसोर्स पर्सनहरुले आफ्नो अनुभव सहित डिजिटल शिक्षाका विषयमा प्रस्तुती दिनेछन । यसैगरी बाकि कार्यक्रम अन्तकृया, छलफल र निष्कर्षको रुपमा सञ्चालन हुनेछ ।

आज शनिवार दिउसो १ बजेदेखि सञ्चालन हुने विशेष अन्तकृया कार्यक्रममा १० जनाबढि विज्ञ तथा सम्वन्धित क्षेत्रका व्यत्तिहरु रिसोर्स पसर्नको रुपमा उपस्थित हुनेछन ।


कार्यक्रममा सहभागी हुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, प्याब्सनका अध्यक्ष टिकाराम पुरी लगायतको सहभागिता रहनेछ । विभिन्न विश्वविद्यालय, कलेज, विद्यालय, यस क्षेत्रमा काम गरिरहेका आइटी कम्पनी लगायतको सहभागिता रहने कार्यक्रम लिभिङ विथ आइसिटीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ ।


लकडाउन सुरु भएको केहि दिनदेखिनै पुर्वमन्त्री गणेश शाहको सकृयतामा विभिन्न अन्तकृया कार्यक्रमहरु सञ्चालन भइरहेका छन । यस अघि ३ भाग डिजिटल उपभोत्ता अधिकारको विषयमा सम्पन्न भएको थियो भने २ भाग साइबर सेक्युरिटी तथा बैकिङ सुरक्षाको विषयमा केन्दि«त थियो । पछिल्लो २ भाग कोरोनालाई लक्षित गरि नेपालमा विकास भइरहेका प्रविधि तथा इन्नोभेसनहरुको बारेमा बृहत छलफल र अन्तकृया भएको थियो । आजदेखि डिजिटल संवादको रुपमा कार्यक्रमलाई प्रत्यक्ष प्रशारण सहित सुरु गरिएको प्रस्तोता श्रेष्ठले जानकारी दिए ।

\"\"
यस कार्यक्रममा इच्छुक जो कोहिले पनि सहभागिता जनाउन सक्नेछन । यसको लागि जुम एप्लिकेशन प्रयोग गरि अन्तकृयामा सहभागी हुन सकिनेछ । यसैगरी यो फेसबुक पेजबाट समेत कार्यक्रम प्रत्यक्ष प्रशारण हेर्न सकिने र महत्वपुर्ण प्रश्न तथा सुझावहरु दिन सकिनेछ ।

Program Details: Topic: Digital Samvad - Digital and Online Education for iGen Z , Date: May 02, 2020 (Baisakh 20, 2077), Saturday, Time: 12:50 PM to 2.30 PM (NPT) | Join us online @ Zoom/Team here: https://nren.zoom.us/j/65615829361 , Meeting ID: 656 1582 9361

\"\"