कीवर्डहरू -

लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा 

लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा 

लकडाउन खुलेपछि टुटल पठाओ जस्तै ‘लुजुम’ नामक नयाँ कम्पनीले नेपाली बजारमा राइड शेयरिङको सेवा दिने भएको छ । लुजुम कम्प्युटर सर्भिसेज प्रालिले विकास गरेको लुजुमले अफलाइन र अनलाइन दुबै माध्यमबाट सेवा दिनेछ ।

लुजुमले मोटरसाइकल सँगसँगै तीन पांग्रे (उपत्यका बाहिर टेम्पो, सफारी) ट्याक्सी, रिजर्भ गाडी बोलेरो तथा स्करपियो जस्ता सेवाहरु प्रदान गर्ने योजना बनाएको छ ।

\"\"

लुजुमले सुरुमा काठमाडौंमा सेवा दिनेछ भने त्यसपछि बिराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मूख्य सहरहरुमा सेवा बिस्तार गर्नेछ ।

लुजुममा अनलाइन सहित अफलाइनको सविधा रहेको छ । लुजुमको मोबाइल एपबाट अनलाइनको सेवा प्रयोग गर्न सकिने छ ।
अफलाइनमा पनि लुजुमले फोनको भरमा यात्री भएको ठाउँमा सवारीसाधन पठाउने छ र लुजुमको सेवा प्रयोग गर्न सकिने छ । जसको लागि ९८०२३२३२३३/४/५/६ मा सम्पर्क गर्न सकिने छ ।

\"\"

लुजुमको अर्को बिशेषता भनेको सुरक्षा कोषको रहेको छ । लुजुमले यात्री र पार्टनरको सम्पूर्ण सवारीको सुरक्षाको लागि सुरक्षा कोषको व्यवस्था गरेको छ । केही दुर्घटना भएको अवस्थामा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्रहरु मार्फत व्यहोरिने छ ।

यसमा महिला यात्रीको थप सुरक्षाको लागि सवारीसाधन निश्चित गर्नु अगाडी पार्टनर छनौट गर्न पाइने छ । त्यस्तै लुजुमले सुरुवातमा यात्रा गर्ने ५ प्रतिशत यात्रीलाई ५ वर्षका लागि मासिक रुपमा केही निशूल्क सवारी प्रदान गर्नेछ ।

\"\"

लुजुमको सेवा प्रयोग गर्नेले प्रत्येक महिना एक यात्री वा पार्टनरले पर्यटकीय गन्तव्यहरु भ्रमणको समेत अवसर पाउने छन् । यसको लागि लुजुमको सेवा प्रयोग गर्दा कम्पनीले बिशेष कोड प्रदान गर्नेछ ।

लुजुमले पार्टनरको परिश्रम र समयको कदर गर्दै केही योग्य पार्टनरलाई मोबाइल डेटा र इन्धन खर्च दिने योजना बनाएको छ ।

\"\"

यसले प्रत्येक महिना सर्वोत्कृष्ट पार्टनरहरु मध्ये एकको बालकको शिक्षामा सहायता पुर्‍याउँन पहल गरेको छ ।लुजुमको अर्को सुविधा भनेको स्पट बुकिङ रहेको छ । जसमार्फत पार्टनरहरुले बिचबाटोबाटै यात्रीहरुलाई सेवा दिन सक्नेछन ।

लुजुमको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडको लागि यहाँ र आइओएसको लागि यहाँ क्लिक गर्नुहोस । थप जानकारी वेबसाइटबाट समेत लिन सकिने छ ।

\"\"