कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोसिएशन विथ नेटिस’ सुरु भएको छ । शुक्रबारदेखि ५ दिनसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न आइटी कम्पनीका एक सय ३० स्टलको सहभागिता रहेको छ । प्रदर्शनीको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले प्रविधीको प्रयोगबाट देशमा सुशासन कायम राख्न सहयोग पुग्ने भएकाले अब बन्ने राष्ट्रिय, प्रदेश तथा स्थानीय सरकारले प्रविधिमैत्री कामहरु अगाडि बढाउने बताए ।
अधिकारीले संसारमा जसले प्रविधीलाई अपनाउन सक्यो त्यही देशमा सुशासन स्थापना हुने जिकिर गरे । उनले प्रविधीबिना संसारको कुनै पनि क्षेत्रको कल्पना गर्न नसकिने हुँदा आयोजकलाई यसको विस्तारका लागि सरकारी तथा गैरसरकारी क्षेत्रसंग सहकार्य गर्दै अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले क्यान महासंघले सूचना प्रविधीको क्षेत्रमा भित्रिएका विभिन्न नयाँ प्रविधिहरुको जानकारीका लागि यस्ता खालका मेलाहरुको आयोजना गर्दै आएको जानकारी दिए । उनले नेपालका सातै प्रदेशमा इन्फोटेक मेला सञ्चालन गरिने बताए । हालसम्म ४ वटा प्रदेशमा सम्पन्न भइसको मेला बाँकी रहेका प्रदेशमा पनि छिट्टै सञ्चालन गरिने उनले बताए ।
कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवम् नयाँ प्रविधिको जानकारी दिने र ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथे डिजिकम क्यान इन्फोटेक २०१८ आयोजना गरिएको क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलले बताए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रर्दशनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्वीज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत, ल्यापटप एक्सचेञ्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरमा गरिएका उत्पादनको प्रर्दशनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण तथा प्रर्दशनी एवम् नवीनतम प्रविधिको प्रर्दशनी एवम् विक्रीवितरण गरिने क्यान कास्कीका द्धितीय उपाध्यक्ष विश्वास भण्डारीले बताए । साथै प्रदर्शनी अवलोकनका लागी पुग्ने दर्शकका लागि विभिन्न उपहार कुपनसँगै १० देखी ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।
यान महासंघका केन्द्रीय सदस्य एवं इन्फोटेकको शीर्ष प्रायोजक हाइटेक इन्जिनियरिङ (डिजिकम)का अध्यक्ष अरुण वंशलले मेलाले सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधि भित्र्याउन सहयोग गर्ने धारणा राखे ।
क्यान प्रदेश ४ का अध्यक्ष चिन्तामणि बास्तोलाले क्यान कास्कीले वर्षेनी आयोजना गर्ने इन्फोटेकमा सूचना तथा प्रविधिमा चासो राख्नेहरुको आकर्षण बढेको बताए । ला ग्राण्डी कलेजका प्रिन्सिपल किरण केसीले आइटीका विद्यार्थीका उत्पादनलाई इन्फोटेकमा प्राथमिकता दिनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, दिपाश्री निरौला र जितु नेपालको विशेष उपस्थिति रहेको थियो । दीपक र दिपा नेपालमा डिजिकम ब्रान्डका ब्रान्ड एम्बेसडरसमेत हुन् । यस पटकको इन्फोटेकमा मुख्य प्रायोजन डिजिकमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् ।
सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् ।
यसैबीच इन्फोटेकको पूवाद्र्धमा क्यान कास्कीको आयोजनामा ‘स्मार्ट सिटी’ विषयमा आइसिटी कन्फरेन्स सम्पन्न भएको छ । कन्फरेन्समा पोखरा लेखनाथ नगरपालिका प्रमुख मानबहादुर जिसीसहित विभिन्न वडाका अध्यक्ष र अन्य स्थानीय निकायका जनप्रतिनिधि र आइसिटी सरोकारवालाहरुको उपस्थिति रहेको थियो । क्यान कास्कीले आफ्नो महत्वपूर्ण कार्यक्रमको रुपमा वर्षेनी इन्फोटेक प्रदर्शनी गर्दै आएको छ ।
यसका साथै क्यान कास्कीका सदस्यहरुलाई लक्षित गरी विभिन्न आइटी तालिम तथा सेमिनारहरु आयोजना गर्दै आएको छ । सामाजिक क्षेत्रमा पनि संगठन सक्रिय छ । वर्षेनी रक्तदान, विभिन्न क्षेत्रमा कम्प्युटर तथा सोलार सहयोग, सरोकारवालाहरुसँग सहकार्य गरी आइसिटीसँग सम्बन्धित सेमिनारहरु लगायतका गतिविधि क्यान कास्कीमार्फत भइरहेको छ ।