कीवर्डहरू -

ओप्पोको एफफाइभ ड्याशिङ ब्लु एडीसन अब नेपाली बजारमा

ओप्पोको एफफाइभ ड्याशिङ ब्लु एडीसन अब नेपाली बजारमा

प्रसिद्ध स्मार्टफोन कम्पनि ओप्पोले नयाँ एफफाइभ सिरिजको ड्याशिङ ब्लु इडीसन नेपालमा पनि सार्वजनिक गरेको छ । एफफाइभ ड्याशिङ ब्लु नेपालमा लन्च भएको लिमिटेड इडीसन हो । कम्पनिले ओप्पोको एफ ५ सिरिजले राम्रो सफलता प्राप्त गरे पश्चात बोल्ड तथा क्लासिक ब्लु कलरको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

ओप्पोको नयाँ एफफाइभ ड्याशिङ ब्लु इडीसनमा ६ इन्चको फुलएचडी डिस्प्ले रहेको छ । साथै यसको स्क्रिन १८;९ एस्पेक्ट रेसियोको रहेको छ ।यसको माथि पट्टि २.५ डी कर्भ्ड ग्लास रहेको छ । साथै मिडियाटेकको अक्टाकोर प्रोसेसर रहेको यो डिभाइसमा एन्ड्रोइड ७.१.१ नोगातको अपरेटिङ सिस्टम रहेको छ ।

यसमा मेमोरीको कुरा गर्दा,४ जीबी/६जीबी र्याम तथा ३२/६४ जीबी इन्टरनल मेमोरी छ । साथै फोनको मुख्य आकर्षणको केन्द्र भनेको यसको क्यामेरा हो । एफफाइभ सिरिजको ड्याशिङ ब्लु इडीसनमा १६ एमपीको रियर तथा २० एमपीको फ्रन्ट फेसीङ क्यामेरा रहेको छ । यसमा सुन्दर सेल्फी लिनकालागि ब्युटिफिकेशन फिल्टर समावेश छ ।

यो नयाँ डिभाइसमा सुविधाको लागि फिंगरप्रिन्ट साथै फेसियल अनलक फिचर पनि राखिएको छ । साथै ३२०० एमएचको नन् रिमुभेवल ब्याट्री यो सेटमा प्याक भएको छ । नयाँ एफफाइभ सिरिजको ड्याशिङ ब्लु लिमिटेड इडीसनको  नेपाली बजार मूल्य रु.३६ हजार ४ सय ९० तोकिएको छ ।