कीवर्डहरू -

शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ई-लर्निङ पोर्टल, १ देखि १० कक्षासम्मका विद्यार्थीले पढ्न मिल्ने

शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ई-लर्निङ पोर्टल, १ देखि १० कक्षासम्मका विद्यार्थीले पढ्न मिल्ने

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको लागि उपयोगी हुने ई-लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको ई-लर्निङ पोर्टलमा कक्षा १ देखि १० कक्षासम्मका विद्यालयमा पढाई हुने सामग्रीलाई समावेश गरिएको छ ।

साथै यस ई-लर्निङ पोर्टलमा कथा संग्रह पनि समावेश गरिएको छ । जसबाट कथा पढ्न र सुन्न सकिने छ ।  यस ई-लर्निङ पोर्टलमा गएर आफ्नो कक्षा तथा विषय छनौट गरी विद्यार्थीले पढ्न सक्नेछन् ।

यसको सञ्चालन तथा नियन्त्रण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्त्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गर्नेछ ।  ई-लर्निङ पोर्टल  शिक्षक तथा विद्यार्थी दुबैको लागि उपयोगी केन्द्रको विश्वास रहेको छ ।

यसबाट विद्यार्थीहरुले श्रव्य दृश्य सामग्री मार्फत सजिलै अध्ययन गर्न सक्नेछन् । ‌ई-लर्निङ पोर्टलमा जानको लागि यहाँ क्लिक गर्नुहोस ।