शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि रेडियो नेपालबाट देशभरका कक्षा ९ र १० का विद्यार्थीहरुलाई पढाउने भएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्य पुस्तकमा आधारित भई उत्पादन गरिएका अनिवार्य विषयका श्रव्य पाठहरु आजदेखि रेडियो नेपालबाट कक्षा ९ र १० का विद्यार्थीलाई पढाउने भएको हो ।
कोरोना भाइरस महामारीको कारण शैक्षिक संस्थाहरु खुल्न नसकेको यो समयमा वैकल्पिक प्रणालीबाट पढाउन सरकारले हालै ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आजदेखि रेडियो नेपालबाट पढाई हुने विषयको समय तालिका सार्वजनिक गरेको छ ।
रेडियो नेपालबाट बिहान १०ः १५ देखि कक्षा १० को कक्षा सुरु हुनेछ भने बिहान साढे १० बजेदेखि कक्षा ९ को कक्षा सुरु हुनेछ ।
रेडियो नेपालबाट पढाई हुने विषयको समय तालिका