कीवर्डहरू -

गुगलद्वारा आइओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि जिमेलको इन्ड–टु–इन्ड इन्क्रिप्सन सुविधा विस्तार

गुगलद्वारा आइओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि जिमेलको इन्ड–टु–इन्ड इन्क्रिप्सन सुविधा विस्तार

गुगलले जिमेलका लागि इन्ड–टु–इन्ड इन्क्रिप्सन सुविधा अब आइओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको घोषणा गरेको छ। यससँगै, वर्कस्पेस प्रयोगकर्ताहरूले इमेलभित्रै इन्ड–टु–इन्ड इन्क्रिप्सन आवश्यक पर्ने सन्देशहरू तयार गर्न र पढ्न सक्नेछन्। अब सुरक्षित इमेल प्रयोग गर्न अतिरिक्त एप वा पोर्टलको आवश्यकता पर्नेछैन।

यो नयाँ सुविधाले गुगलको क्लाइन्ट–साइड इन्क्रिप्सनलाई थप विस्तार गरेको हो, जुन वेबमा जिमेलका लागि इ–टु–इन्ड इन्क्रिप्सन सुरु गरिएको करिब एक वर्षपछि आएको हो। गुगलको ब्लग पोस्टअनुसार, इन्क्रिप्टेड इमेल प्राप्त गर्ने व्यक्तिले यदि जिमेल एप प्रयोग गर्छ भने, ती इमेल सामान्य इमेलजस्तै इनबक्समा देखिन्छन्। जिमेल एप प्रयोग नगर्ने व्यक्तिले पनि आफ्नो ब्राउजरमार्फत सुरक्षित रूपमा इमेल पढ्न वा जवाफ दिन सक्छन्। यसका लागि प्रयोगकर्ताको इमेल ठेगाना जुनसुकै भए पनि फरक पर्दैन।

गुगलका अनुसार, यो नयाँ सुविधाले उच्च स्तरको गोपनीयता र डाटा इन्क्रिप्सनलाई प्रयोगकर्ताका लागि अझ सजिलो बनाउनेछ। यसले साना व्यवसायदेखि ठूला उद्यम र सार्वजनिक क्षेत्रका ग्राहकहरूलाई समेत सरल इन्क्रिप्सनयुक्त इमेल सेवा उपलब्ध गराउनेछ। तर, यो सुविधा अहिले इन्टरप्राइज प्लस सदस्यहरूका लागि मात्र लागू हुनेछ। व्यक्तिगत जिमेल प्रयोगकर्ताहरूले हालसम्म यो उच्चस्तरीय सुरक्षा सुविधा प्रयोग गर्न पाएका छैनन्।

जिमेल प्रयोगकर्ताहरूले एपमा इन्ड–टु–इन्ड इन्क्रिप्सन प्रयोग गर्नुअघि प्रशासकले एडमिन कन्सोलमा उपलब्ध क्लाइन्ट–साइड इन्क्रिप्सन एडमिन इन्टरफेसबाट एन्ड्रोइड र आइओएस क्लाइन्टहरूमा यो सुविधा सक्षम गर्नुपर्छ। त्यसपछि इमेल पठाउँदा लक आइकनमा क्लिक गरेर एडिस्नल इन्क्रिप्सन छान्नुपर्छ र इमेल पठाउन सकिन्छ। आवश्यक परेमा एट्याचमेन्ट पनि थप्न सकिन्छ।

इन्ड–टु–इन्ड इन्क्रिप्सन र्यापिड रिलिज डोमेनहरूमा तुरुन्तै उपलब्ध हुनेछ। यो सुविधा प्रयोग गर्न इन्टरप्राइज प्लस एड–अन आवश्यक पर्नेछ, जसले संवेदनशील डेटा सम्हाल्ने व्यवसाय र संस्थाहरूलाई थप सुरक्षा तथा कम्प्लायन्ससम्बन्धी उपकरणहरू प्रदान गर्छ।