कीवर्डहरू -

विश्वकपको लागि भिभोले ल्यायो \'एक्स २० फिफा एडिसन\' स्मार्टफोन

विश्वकपको लागि भिभोले ल्यायो \'एक्स २० फिफा एडिसन\' स्मार्टफोन

केहि समय अघि मात्रै  स्मार्टफोन कम्पनी भिभोले रसियामा  २०१८ मा हुन लागिरहेको विश्वकप सहित २०२२ मा कतारमा हुने विश्वकपमा पनि फिफा संग अधिकारिक साझेदार रहने गरि छ वर्षसम्मको साझेदारी  सम्झौता गरेको थियो  ।यसरि वर्ल्ड कप आयोजक संग साझेदारि सम्झौता पश्चात  रसियाको मस्को सहरमा एक भव्य समारोह बिच भिभोले स्मार्टफोन  एक्स २० वर्ल्डकप एडिसन  सार्बजनिक गरेको हो ।

स्मार्टफोन उत्पादक कम्पनि भिभोले विश्वकपका  आयोजकहरु सँगको साझेदारीको  प्रमाण स्वरूप भिभोले नयाँ फोन  एक्स २० सार्बजनिक गरेको हो ।२०१८ को जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुन गइरहेको विश्वकपको आधिकारिक प्रयोगका लागि लन्च गरिएको हुनाले भीएक्स २० विश्वकप २०१८ को आधिकारिक स्मार्टफोन बन्न पुग्यो ।टूर्नामेंटका सम्पूर्ण अधिकारिहरुलाई उक्त प्रतियोगिताभरि प्रयोग गर्नका  लागि एउटा एउटा भिभो एक्स २० प्रदान गरिने छ ।

उक्त स्मार्टफोनमा ६ ईन्चको फुल  एचडी स्क्रिन डिस्प्ले रहेको छ,भने बेजेल लेस डिस्प्ले राख्ने प्रबृत्तिलाई यो कम्पनिले पनि निरन्तरता दिएको छ । भी ७ र भी ७ प्लस मा भन्दा बिपरित यसमा १०८० × २१६० को फुल एच डी रेसोलुसन  राखिएको हो । त्यस्तै  स्मार्टफोनमा धेरै  खोजि गरिने  फिचर भनेकोनै सेल्फी तथा ग्रुप फोटो खिच्नक लागि क्यामेरा हो । त्यसैले प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राखी भिभो २० एक्सको पछाडी पट्टि दुईवटा क्यामेराहरु जडान गरिएको छ । फ्रन्टमा ५ मेगापिक्सेल र रियरमा १२ मेगापिक्सेलको क्यामेरा राखिएको छ भने  एफ /१.८ एपर्चरको लेन्स यसमा राखिएको छ ।

\"\"

स्नापड्रागन ६६० को ओक्टाकोर  चिपसेट प्रयोग भएको भिभोको यो ह्यान्डसेटको प्रोसेसिंग स्पीड हाई छ । त्यस्तै ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज छ जबकी स्टोरेज बढाउन २५६ जीबी सम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ । यस फोनको अपरेटिंग सिस्टम ७.१.१ नोगात भर्जनमा रहेको छ । त्यस्तै भिभो एक्स २०  लेफिन्गरप्रिन्ट, एक्सेलेरोमिटर, जाइरो ,प्रोक्जीमिटि तथा कम्पास जस्ता सेन्सरहरु सपोर्ट गर्ने गर्दछ । भिभो एक्स २० मा ३,२५० एमएएचको शक्तिशालि ब्याट्री प्रयोग भएको कारणले लामो समय सम्म भिडियो हेर्न तथा म्युजिक सुन्न सकिन्छ ।

\"\"

भिभोको नयाँ वर्ल्डकप एडीसन भी २० मा अरुबेलाको फोन भन्दा खासै फरक नभएता पनि यो बिशेष गरि वर्ल्ड कपको लागि तयार पारिएको हुँदा यसको पछाडी भागमा तल पट्टि  फुटबल टूर्नामेंटको  सुन्दर लोगो राखिएको छ ।