कीवर्डहरू -

मोबाइल वर्ल्ड कांग्रेसमा डुअल रियर क्यामेरा सहितको नोकिया ७ प्लस लन्च

मोबाइल वर्ल्ड कांग्रेसमा डुअल रियर क्यामेरा सहितको नोकिया ७ प्लस लन्च

मोबाइल वर्ल्ड कांग्रेस इभेन्टमा नोकियाले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७ प्लस सार्वजनिक गरेको छ । कम्पनिले उक्त नयाँ फोनको लगभग नेपाली मूल्य रु ५१ हजार ८ सय बराबरको बजार मूल्य तोकेको छ । कम्पनिले यो फोन अप्रिलमा उपलब्ध गराउने जनाएको छ । फोन ब्ल्याक,कपर व्हाइट तथा कापर कलर भेरिएन्टमा उपलब्ध हुने छ ।

नोकिया ७ प्लसमा ६ इन्चको फुलएचडी फुलभ्यु डिस्प्ले राखिएको छ र यसको स्क्रिन १८:९ एस्पेक्ट रेसिओमा छ  । फोनमा ओक्टाकोर क्वालकम स्न्यापड्रागन ६६० एसओसीको प्रोसेसरको साथमा LPDDR4 को ४ जीबी र्याम रहेको छ । साथै इन्टरनल स्टोरेज ६४ जीबी र  त्यसलाई एसडी कार्डको मद्दतले २५६ जीबी सम्म बढाउन सकिन्छ ।

नोकिया ७ प्लसको आकर्षणनै यसको क्यामेरा हो । यसमा डुअल रिअर क्यामेरा दिइएको छ । १२ एमपीको वाइड एंगल प्राइमरी क्यामेरा र १३ एमपीको २ एक्स अप्टिकल जुम सहितको क्यामेरा रहेको छ ।यसको डुअल क्यामेरामा डुअल टोन एलइडी फ्ल्यास र ZEISS अप्टिक्सको साथमा आउँछ । डुअल फ्ल्यासको सहायताले डीम लाइटमा पनि प्रकाश सन्तुलनमा राखी उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

फ्रन्ट क्यामेराको कुरा गर्दा यसमा १६ मेगा पिक्सेलको फिक्स्ड फोकस फ्रन्ट क्यामेरा दिईएको छ । यसले उच्च गुणस्तरको सेल्फी लिन सकिन्छ । नोकिया ७ प्लसमा उत्कृष्ट फोटोका लागि सम्झौता गर्न पर्दैन् । यसका साथै नोकियाको यो नयाँ फोन गुगल द्वारा भर्खरै निकालिएको नयाँ ओरियो एन्ड्रोइड भर्जनमा चल्छ । यसमा ३८०० एमएएचको पावरफुल ब्याट्री रहेको कारण दुइ दिन सम्म यो फोनको चार्ज रहन्छ। र आराम सँग फोटो भिडियो तथा बिभिन्न एप्लिकेशनहरु यसमा चलाउन सकिन्छ ।