मोबाइल वर्ल्ड कंग्रेस २०१८ मा एभनिर मोबाइल्सले आफ्नो तीनवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनहरुमा एनरजाइजर पावर म्याक्स p16k प्रो, एनरजाइजर पावर म्याक्स p490s र एनरजाइजर हार्डकेस H590S रहेका छन् । यी सबै ह्यान्डसेटहरुमा कम्पनिले रियर र फ्रन्टमा दुवै साइडमा नै डुअल क्यामेरा सेटअप दिएको छ । साथमा फुलभ्यु डिस्प्ले समेत रहेको छ ।
यी तीनवटा ह्यान्डसेट मध्येमा पावरम्याक्स P16K मा रहेको १६००० एमएएचको नन् रिमुभेवल ब्याट्रीका कारण यसले सबैको ध्यान केन्द्रित गरेको छ । यसमा अन्य स्पेसिफिकेशनको कुरा गर्दा यसमा ५.९९ इन्चको ठुलो फुलएचडी एलसीडी डिस्प्ले दिइएको छ । यसकारण कुनै पनि भिडियो तथा एप्लिकेशनको एकदम क्लियर भ्युमा हेर्न वा प्रयोग गर्न सकिन्छ ।
यसमा ओक्टाकोर मिडियाटेक हेलियो पी २५ को प्रोसेसर सहित ६ जीबी र्याम रहेको छ । साथै इन्टरनल स्टोरेज पनि १२८ जीबीको छ । यसकारण यो फोनमा ठुला-ठुला फाइल अथवा एप्लिकेशनको प्रयोग गर्न पनि सकिन्छ। साथै ठुला साइजका भिडियोहरु पनि मज्जासंग हेर्न वा डाउनलोड गर्न सकिन्छ ।
उक्त पावरम्याक्स P16K फोनमा १६ एमपी+१३एमपीको डुअल रियर सेटअप र साथमा फेज डिटेक्सन,अटोफोकस तथा डुअल टोन एलइडी फ्ल्याश उपलब्ध छ । यसको फ्रन्टमा पनि १३+५ एमपी गरेर डुअल क्यामेरा सेटअप दिईएको छ । यसका साथै यो सेटमा फिंगरप्रिन्ट सेन्सर पनि समाबेश गरिएको छ । र यो फोनले ओरियो ८.० एन्ड्रोइड भर्जनमा काम गर्द्छ ।