कीवर्डहरू -

यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको  ब्याकग्राउण्ड 

यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको  ब्याकग्राउण्ड 

Image: remove.bg

हामी सबैलाई कुनै समय कुनै फोटोको ब्याकग्राउण्ड हटाउनु पर्ने हुन सक्छ । मीम बनाउन, यूटयूबको थम्बनेल बनाउन, ग्राफिक डिजाइन गर्न आदि कारणले फोटोको ब्याकग्राउन्ड  हटाउनु पर्ने हुन सक्छ ।

फोटोको ब्याकग्राउण्ड हटाउन धेरैजसो हामीले फोटोसप प्रयोग गर्ने गरेका छौं । यो एकदमै समय लाग्ने र दिक्क लाग्दो हुन सक्छ । त्यसैले हामीले एउटा वेबसाइटको प्रयोग गरेर पनि यो कार्य गर्न सक्छौँ ।

जसले गर्दा हाम्रो समय बचत गर्नुका साथै फोटोको ब्याकग्राउण्ड पनि राम्रोसँग हटाइदिन्छ । फोटोको ब्याकग्राउण्ड हटाउन सकिने वेबसाइटको नाम रिमुभ डट बीजी  हो । यो वेबसाइटलाई निःशुल्क प्रयोग गर्न सकिन्छ । यस वेबसाइटमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।

रिमुभ डट बीजीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर ब्याकग्राउन्ड चिन्ने गर्दछ र त्यसलाई स्वतः हटाइदिन्छ । यसको लागी आफूलाई मनपर्ने फोटो छानेर त्यँहा अपलोड गरिदिने र पाँच सेकेन्डको भित्र त्यो साइटले एउटा नँया ईमेज दिन्छ जसमा ब्याकग्राउन्ड हटाइएको हुन्छ ।

यो फाइल पीएनजी फरम्याटमा हुन्छ जसले गर्दा फोटोको ब्याकग्राउण्ड हटाउन फोटोसप वा अन्य कुनै फोटो एडिटिङ सफ्टव्येरमा आवश्यक पर्दैन ।  फोटो पनि यसमा सफा नै देखिन्छ । यसरी हामी सजिलै फोटोबाट  ब्याकग्राउन्ड हटाउन सक्छौँ ।