कीवर्डहरू -

फेसबुकको नयाँ फेसियल रिकग्निशन फिचरलाई यसरि बन्द गर्नुहोस

फेसबुकको नयाँ फेसियल रिकग्निशन फिचरलाई यसरि बन्द गर्नुहोस

फेसबुकमा फेसियल रेकग्निशन फिचरले यदि कसैले तपाईको फोटो फेसबुकमा अपलोड गरेमा अलर्ट पठाउने गर्द्छ । तर फेसियल रेकग्निशनमा आधारित फिचरहरु फेसबुकमा नयाँ भने होइन । कम्पनिले केहि समयको लागि साथिहरुलाई फोटोमा ट्याग गर्नका लाई सुझाब दिन यो फिचर प्रयोग गरेको हो । तर डिसेम्बरबाट फेसबुकले फेसियल रेकग्निशन फिचरलाई अझ विस्तार गरेको छ ।

फेसबुकमा अरुको फोटो प्रयोग गरेर फेक अकाउन्ट बानाउने प्रबृत्ति बढेका कारण युजरहरुलाई फेक अकाउन्टमा आफ्नो फोटो अथवा भिडियो अपलोड भएमा अलर्ट गराउनको लागि फेसबुकले यस्तो फिचर ल्याएको हो । तर धेरै युजरहरुलाई यो फिचर राम्रो नलाग्न सक्छ,यसकाण फेसबुकले यो फेसियल रेकग्निशन फिचरमा फेसबुकले टर्न अफ र टर्न अन बटन गरि अप्सन समेत राखिदिएको छ  ।

त्यसैले अब आफ्नो इच्छा अनुरुप फेसबुकमा फेसियल रेकग्निशन फिचरको प्रयोग गर्न सकिन्छ । तल हेरौँ  डेस्कटप तथा स्मार्टफोनमा फेसियल रेकग्निशन फिचर खोल्ने अथवा बन्द गर्ने तरिका ;

स्मार्टफोनमा,सबैभन्दा पहिला फेसबुक एप खोल्ने र ओभर फ्लो बटन (तीनवटा लाइन भएको आइकन) मा ट्याप गर्ने र सेटिङमा क्लिक गर्ने र त्यसपछि प्राइभेसी शटकटमा ट्याप गर्ने र मोर सेटिङ अप्सन आउँछ र त्यसमा  क्लिक गरेपछि फेस रेकग्निशन अप्सन देखाउँछ र पुनः त्यसमा क्लिक गरेपछि फेस रेकग्निशन क्वेशन देखाउँछ र त्यहाँ प्रश्नको उत्तर अप्सनमा यश र नो दुइटा अप्सन दिएको हुन्छ र आफ्नो इच्छा अनुसाको अप्सनको छनोट गर्न सकिन्छ ।

( overflow button (three line icon) , Then go to Settings > Privacy Shortcuts > More Settings > FaceRecognition , then tap on the Face Recognition question. Finally, select No or select Yes )

डेस्कटपमा भने दायाँ तर्फ़को डाउन एरोमा क्लिक गर्ने र सेटिङमा जाने र फेरि फेस रेकग्निशन अप्सनमा क्लिक  गर्ने त्यसपछि एडीट अप्सन आउँछ त्यसमा ट्याप गरेपछि यश अथवा नो भनेर अप्सन हुन्छ,त्यसपछि आफ्नो इच्छा अनुसारको अप्सनको छनोट गर्ने ।

(click the down arrow in the top-right corner. Then click Settings > Face Recognition > Edit > No / Yes )