कीवर्डहरू -

इटहरीमा सुरु भयो सूचना प्रविधि मेला  ‘इन्फोटेक\'

हिक भिजन क्यान इन्फोटेक २०१८’

इटहरीमा सुरु भयो सूचना प्रविधि मेला  ‘इन्फोटेक\'

सुनसरीको इटहरीमा पहिलो पटक सूचना तथा सञ्चार प्रविधि विशेष मेला बुधबारदेखि सुरु भएको छ । २३ गतेदेखि सुरु भएको हिक भिजन क्यान इन्फोटेक २०१८ मा ८० भन्दा बढी कम्पनीका १ सय १५ स्टल रहेका छन् । काठमाडौँमा २४औँ संस्करणको इन्फोटेकपछि चितवन, बुटवल र पोखरापश्चात् इटहरीमा इन्फोटेक आयोजना भइरहेको हो । 


सुनसरीमा तेस्रो र इटहरीमा पहिलो पटक भइरहेको इन्फोटेकमा कम्प्युटर प्रविधि, स्मार्ट डिभाइस, सेक्युरिटी प्रडक्ट, आइटी शिक्षा, सफ्टवेयर, एप्लिकेशन र ट्रेनिङ कोर्सहरुको बारेमा विभिन्न कम्पनीहरुले प्रदर्शनी गरेका छन् । सूचना प्रविधिले व्यापकता पाइरहेको अवस्थामा प्रडक्ट र सेवाको प्रवद्धन तथा सचेतनाको लागि प्रदेशस्तरिय मेला आयोजना गरिएको क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।


मेलामा आकर्षकको रूपमा विश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । योसँगै अन्य आकर्षक प्रविधिहरु पनि हुने आयोजकले जानकारी दिएको छ । सहभागी कम्पनीहरुले आफ्ना प्रडक्ट र सेवामा आकर्षक छुट र अफरहरु सार्वजनिक गरिरहेका छन् । अवलोकनकर्तालाई प्रडक्टका बारेमा जानकारी दिने र सेल्सभन्दा पनि ब्रान्डिङमा फोकस रहने सहभागी बारकोड नेपालका सुरेश महर्जनले बताए ।  

क्यान सुनसरीले केही वर्षपछि इटहरीमा गरेको इन्फोटेकले प्रदेशका सबै सर्वसाधारण र कम्पनीहरुलाई आकर्षित गर्ने विश्वास लिएको क्यान महासंघका केन्द्रीय महासचिव रञ्जित पोदारले बताए । 


इटहरी स्थित जनता निमाविको प्राङ्गणमा हुने मेलामा टाइटल स्पोन्सर हिक भिजन एसोसिएट स्पोन्सर डिजिकम रहेको छ भने डाइमन्ड स्पोन्सर क्यानोन, एचएफसी रहेका छन् । प्ल्याटनियम स्पोनसरहरुमा बारकोड नेपाल, इटहरी इन्टरनेश्नल कलेज र टिपी लिंक रहेका छन् । 


गोल्ड स्पोन्सरमा ओली एण्ड एसोसिएटस, नेटिस, एप्सर  सिल्भर स्पोन्सर टेक्नोस, एनपी एभी टिकट स्पोन्सर ई–स्क्यान र अफिसियल स्पोन्सरमा सनराइज बैंक, प्यारागन आइटी, प्रेडेन्सियल इन्स्योरेन्स, शैलुङ मेडिकल, वाई जोन, कस्तुरी एकेडमी, सुस्मा इन्जिनियरिङ कलेज, इसेवा, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस, कुनाल स्टोर, ग्राफिका इन्टरनेशनललगायत रहेका छन् । अफिसियल मिडिया लिभिङ विथ आइसिटीले तीन ओटासम्म विशेष संस्करण प्रकाशन गर्ने छ ।