कीवर्डहरू -

हुवावेको नयाँ सेट वाई ९ (२०१८) सार्वजनिक

हुवावेको  नयाँ सेट वाई ९ (२०१८) सार्वजनिक

हुवावेको नयाँ स्मार्टफोन वाई ९(२०१८) थाईल्याण्डमा सार्वजनिक भएको छ । उक्त नयाँ सार्वजनिक भएको स्मार्टफोनको फिचर्स यसभन्दा अघि लन्च भएको हुवावे मेट १० लाइट र अनर ९ आइ सँग मेल खान्छ । फोन सार्वजनिक भएतापनि यसको मूल्य तथा उपलब्धताको बारेमा भने अझै पनि जानकारीहरु प्राप्त हुन बाँकी रहेको छ । तरपनि हुवावेको यो नयाँ ह्यान्डसेटको मुल्य भने २०० युरो हुनसक्ने अनुमान गरिएको छ ।

हुवावेको वाई ९ (२०१८) ले डुअल सिम सपोर्ट गर्छ साथै यो एन्ड्रोइड ८.० ओरियो भर्जनमा रन गर्छ । यसका अन्य फिचर्समा ५.९३ इन्च को ठुलो फुलभ्यु डिस्प्ले रहेको छ । फुल एचडी हो र यसमा १०८० x २१६० पिक्सेल को रेजोलुसन रहेको छ । साथमा यसको स्क्रिनको एस्पेक्ट रेसियो १८:९ को रहेको छ ।

हुवावेको नयाँ स्मार्टफोनमा २.३ जिएचजेडको क्लक स्पिडमा चल्ने आठवटा प्रोसेसिङ कोर सहितको किरिन ६५९ एसओसी प्रोससर रहेको छ । साथमा ३ जीबी र्याम रहेको छ । यसभन्दा अघिका सेटहरु हुवावे मेट १० लाइट र अनर ९ लाइटमा पनि एसओसीकै प्रोसेसर प्रयोग गरिएको थियो ।

क्यामेराको कुरा गर्दा फोनमा  फ्रन्ट र ब्याक दुवै तर्फ डुअल क्यामेरा जडान गरिएको छ । ब्याक क्यामेरा सेटअपमा १३ एमपीको प्राइमरी इमेज सेन्सर र २ एमपीको सेकेण्डरी सेन्सर समावेश छ। जसमा एलइडी फ्ल्याश समेत रहेको छ जसले रातको समयमा अथवा कम प्रकाशमा पनि गुणस्तरिय तस्बिर खिच्न मद्दत गर्दछ । फ्रन्टमा भने १६ एमपीको प्राइमरी सेन्सर र २ एमपीको सेकेन्डरि सेन्सरको प्रयोग गरिएको छ ।

हुवावेले यो नयाँ सेटमा ३२ जीबी अनबोर्ड स्टोरेज दिएको छ जसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ । कनेक्टिभिटी अप्सनमा वाईफाई तथा ब्लुटुथ लगायतका अप्सनहरु दिइएको छ । यी सम्पूर्ण कुराहरुलाई रन गर्नका लागि ४००० एमएएचको ठुलो ब्याट्रीको प्रयोग गरिएको छ । एकचोटी चार्ज गरेपछि २ दिन सम्मको टक टायम यो फोनले दिन्छ । साथमा दिनभर सम्म भिडियो तथा मल्टीमिडियाको प्रयोग सकिन्छ ।

ह्याण्डसेट ब्ल्याक,ब्लु तथा गोल्ड कलर अप्सनमा बजारमा उपलब्ध हुनेछ। यसमा रियर फेसीङ फिंगरप्रिन्ट सेन्सर समेत समावेश छ । यो बाहेक फोनको वेट १७० ग्राम र मोटाइ  ७.९ एमएम छ ।