कीवर्डहरू -

१६ सेप्टेम्बरमा सोनीले प्ले स्टेसन ५ इभेन्ट आयोजना गर्दै

१६ सेप्टेम्बरमा सोनीले प्ले स्टेसन ५ इभेन्ट आयोजना गर्दै

सोनीले १६ सेप्टेम्बरमा प्ले स्टेसन ५ को विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रम ४० मिनेटको डिजिटल शोकेसको मार्फत सेपटेम्बर १६ गतेको दिनमा गरिनेछ ।

यस कार्यक्रममा पहिलो पार्टी सोनी गेम स्टुडियो र तेस्रो पार्टी साझेदारहरुको अद्यावधिक समेत हुनेछ । यो कार्यक्रम गेमहरु सार्वजनिक गर्नु भन्दा पहिले नै जानकारी दिनको लागी आयोजना गरिएको हो ।

यसमा प्ले स्टेसन ५ को रिलीज मिती र मूल्य पनि सार्वजनिक गरिनेछ । सोनीले गत महिना नै प्ले स्टेसन ५ को प्री अर्डर गर्न प्री रजिस्ट्रेसन खुल्ला गरेको थियो । तर अझै पनि आधिकारिक प्री अर्डर को मिती भने खुलेको छैन् ।

माइक्रोसफ्टले पनि आफ्नो एक्सबक्स सिरिज एस र एक्सबक्स सिरिज एक्स को सार्वजनिक योजना र मूल्य सार्वजनिक गर्ने सोचेको थियो तर एक्सबक्स सिरिज एसको २९९ अमेरिकी डलर पर्ने कुरा पहिले नै बाहिरियो ।

प्ले स्टेसन ५ को यही ईभेन्ट मार्फत बाहिर आउने आशङ्का गरिएको छ । त्यसरी नै माइक्रोसफ्टले आफ्नो एक्सबक्सको प्री अडर सेपटेम्बर २२ देखि लिने भएको छ । सोनी र माइक्रोसफ्टको बिचमा यो विषयमा प्रतिस्पर्धा हुनेछ । एजेन्सीको सहयोगमा