कीवर्डहरू -

नोकिया ८ 

नोकिया ८ 

विश्व प्रसिद्ध मोवाईल कम्पनि नोकियाकोे नोकिया ८ अब नेपाली बजारमा आईसकेको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो ।

जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्ग को लागि डुयल साईट मोड र स्प्लिट स्क्रिन भ्युजल पनि राखिएको छ ।

यो स्मार्टफोन निकै सुन्दर तरिकाले डिजाईन गरिएको छ जसमा शक्तिशाली क्यु.एच्.डि डिस्प्ले पनि राखिएको छ । गुगल द्धारा भर्खरै निकालिएको पछिल्लो  एण्ड्रोइड ८.० ओरियोकोे सँस्करण सर्वप्रथम नोकिया ८ लाई उपलब्ध गराएको छ ।


नोकिया ८ एकदमै राम्रो देखिने आकर्षक फोन हो । यसमा रहेको ५.३ क्यु.एच्.डि डिस्प्लेले गर्दा स्क्रिन निकै उज्यालो रहन्छ । हाई–रिजोलुसन डिस्प्लेका कारण भिडियोहरु पनि निकै क्लीयर र सफा रहन्छन् । यसमा १४४०×२५६० र ५५४ पिक्सेल प्रति ईन्च डिस्प्ले रहेको छ ।

\"\"

यो स्प्लास रेसिटेन्ट एन्ड्रोईड ७.१.१ स्मार्टफोनमा दुईवटा नेभिगेसन बटन को बीचमा फिङ्गरप्वाइन्ट स्क्यानर पनि रहेको छ । यसको क्विक चार्ज ३.० ब्याट्रीले फोन छिट्टै चार्ज हुने र दिनभरी नै धेरै फोन कल्सहरुमा ढुक्क सँग कुरा गर्न सकिन्छ ।

यसको १.८ क्वालकम स्नापड्रागन ८३५ चिपसेटले फोनको पावर निकै राम्रोसँग सन्तुलित गर्छ । ४जिबि ¥याम रहेको नोकिया ८ मा ६४जिबि स्ट्रोरेज पनि रहेको छ जुन २५६ जिबि सम्म बिस्तार गर्न सकिन्छ ।


नोकिया ८ मा १३ एमपी फ्रन्ट क्यामेराका साथै अतिरिक्त १३ एमपी डबल लेन्स पनि राखिएको छ । यो आकर्षक सेटअपमा एउटा लेन्स आरजीबि (रङ्गिन) मा छ भने अर्को मोनोक्रोम (श्यामस्वेत) सुटरमा छ । नोकिया ८ मा डबल सिम स्लट पनि रहेको छ जसले थ्रीजी, फोरजी, जीएसएम सीडिएमए लाई पनि प्रयोग गर्न सकिन्छ ।

समग्रमा नोकिया ८ ले ५.३ ईन्च डिभाईसमा धेरै फिचर्सहरु दिएको छ । यसको नेपाली बजारमारु. ६२ हजार ९ सय ९९ मुल्य पर्ने छ ।