विश्व प्रसिद्ध स्मार्टफोन कम्पनि भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स २१ को आधिकारिक रुपमा चीनमा सार्वजनिक गरेको छ । भिभो एक्स २१ मा परम्परागत शैलिको फिंगरप्रिन्ट सेन्सर राखिएको छ,जुन फोनको पछाडी पट्टि छ । यसअघि भिभोले फेव्रुअरिमा स्पेनको बार्सिलोनामा आयोजित एमडब्लुसी २०१८ इभेन्टमा एपेक्स कन्सेप्ट शोकेस गरेको थियो,जहाँ इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सर सहितका धेरै प्रकारका फोनहरु देखिएको थियो ।
भिभो एक्स २१को मूल्य,उपलब्धता:
भिभो एक्स २१को मूल्य २,८९८ युआन तोकिएको छ । जसको नेपाली मूल्य करिब रु ४६ हजार ४ सय हुन आउँछ । यो ६४ जीबी वाला भेरियन्ट हो । तर १२८ जीबी वाला भेरियन्ट लाइ भने सिएनवाई ३,१९८ पर्दछ । यसको नेपाली मूल्य करिब ५२ हजार ८ सय बराबर हो । भिभोको यो नयाँ स्मार्टफोन रुबी रेड,व्हाइट र ब्ल्याक कलर भेरीयन्टमा बजारमा उपलब्ध हुनेछ ।
भीभो एक्स २१ स्पेसीफिकेशन:
भिभोको यो नयाँ स्मार्टफोनले डुअल सिम सपोर्ट गर्दछ र यो एण्ड्रोइड ८.१ ओरियो भर्जनमा चल्छ,जसको टपमा फनटच ओएस ४.० दिइएको छ । यो नयाँ स्मार्टफोनको स्क्रिनको कुरा गर्दा यसमा ६.२८ इन्चको फुल एचडी,सुपर एमोलेड डिस्प्ले छ । डिस्प्लेको एस्पेक्ट रेसियो १९:९ छ । यसकारण भिडियो हेर्न तथा गेमका लागि यसबाट गज्जबको अनुभब लिन सकिन्छ । क्वालकम स्न्यापड्रागन ६६० प्रोसेसरमा एक्स २१ रन गर्छ । साथमा एन्ड्रेनो ५१२ जिपियु समेत छ र ६ जीबी र्याम उपलब्ध छ । भिभोको यो डिभाइसमा ६४ जीबी र १२८ जीबी गरेर दुइवटा विकल्प रहनेछ ।
फोनमा क्यामेराको कुरा गर्दा रियरमा डुअल क्यामेरा प्रस्तुत गरिएको छ । एउटा क्यामेरा १२ एमपी र अर्को ५ मेगपिक्सेलको रहेको छ। दुवै क्यामेराको लागि एपर्चर एफ/१.८ र एफ/२.४ दिईएको छ,जसमा एलइडी फ्ल्याश लाइट फिचर छ । साथै १२ मेगपिक्सेलको सेल्फी क्यामेरा छ,जसमा एफ/२.० एपर्चर फिचर समावेश छ । उक्त ह्यान्डसेटको फ्रन्ट क्यामेरामा आइआरफिल लाइट,थ्रीडी म्यापीङ,फेस वेक फेसियल रेकग्नीशन जस्ता फिचरहरु समाबेश छ ।यसका साथै फोनको फ्रन्टमा आइफोनको जस्तै नच उपस्थित छ ।
भिभो एक्स २१ लाइ संचालन गर्नका लागि ३२०० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग गरिएको छ,यसले फास्ट चार्जीङ टेक्नोलोजीलाई सपोर्ट गर्दछ । कनेक्टिभिटीको लागि ४ जी एलटिइ,डुअल ब्याण्ड वाईफाई,ब्लुटुथ,युएसबि २.०,ओटिजी सपोर्ट र जीपीएस जस्ता फिचरहरु छन् । फिंगरप्रिन्ट सेन्सर,अन्डर,ग्र्याभिटी,प्रोक्सीमिटि,एम्बीयन्ट लाइट र जायरोस्कोप लगायतका सेन्सरहरु यो फोनमा समाबेश छ । फोनको वजन १५६.२ ग्राम छ ।