कीवर्डहरू -

भिभोले सार्वजनिक गर्यो ६.२८ इन्चको डिस्प्ले सहितको नयाँ स्मार्टफोन भिभो एक्स २१

भिभोले सार्वजनिक गर्यो ६.२८ इन्चको डिस्प्ले सहितको नयाँ स्मार्टफोन भिभो एक्स २१

विश्व प्रसिद्ध स्मार्टफोन कम्पनि भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स २१ को आधिकारिक रुपमा चीनमा सार्वजनिक गरेको छ । भिभो एक्स २१ मा परम्परागत शैलिको फिंगरप्रिन्ट सेन्सर राखिएको छ,जुन फोनको पछाडी पट्टि छ । यसअघि भिभोले फेव्रुअरिमा स्पेनको बार्सिलोनामा आयोजित एमडब्लुसी २०१८ इभेन्टमा एपेक्स कन्सेप्ट शोकेस गरेको थियो,जहाँ इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सर सहितका धेरै प्रकारका फोनहरु देखिएको थियो ।

भिभो एक्स २१को मूल्य,उपलब्धता:

भिभो एक्स २१को मूल्य २,८९८ युआन तोकिएको छ । जसको नेपाली मूल्य करिब रु ४६ हजार ४ सय हुन आउँछ । यो ६४ जीबी वाला भेरियन्ट हो । तर १२८ जीबी वाला भेरियन्ट लाइ भने सिएनवाई ३,१९८ पर्दछ । यसको नेपाली मूल्य करिब ५२ हजार ८ सय बराबर हो । भिभोको यो नयाँ स्मार्टफोन रुबी रेड,व्हाइट र ब्ल्याक कलर भेरीयन्टमा बजारमा उपलब्ध हुनेछ ।

भीभो एक्स २१ स्पेसीफिकेशन:

भिभोको यो नयाँ स्मार्टफोनले डुअल सिम सपोर्ट गर्दछ र यो एण्ड्रोइड ८.१ ओरियो भर्जनमा चल्छ,जसको टपमा फनटच ओएस ४.० दिइएको छ । यो नयाँ स्मार्टफोनको स्क्रिनको कुरा गर्दा यसमा ६.२८ इन्चको फुल एचडी,सुपर एमोलेड डिस्प्ले छ । डिस्प्लेको एस्पेक्ट रेसियो १९:९ छ । यसकारण भिडियो हेर्न तथा गेमका लागि यसबाट गज्जबको अनुभब लिन सकिन्छ । क्वालकम स्न्यापड्रागन ६६० प्रोसेसरमा एक्स २१ रन गर्छ । साथमा एन्ड्रेनो ५१२ जिपियु समेत छ र ६ जीबी र्याम उपलब्ध छ । भिभोको यो डिभाइसमा ६४ जीबी र १२८ जीबी गरेर दुइवटा विकल्प रहनेछ ।

फोनमा क्यामेराको कुरा गर्दा रियरमा डुअल क्यामेरा प्रस्तुत गरिएको छ । एउटा क्यामेरा १२ एमपी र अर्को ५ मेगपिक्सेलको रहेको छ। दुवै क्यामेराको लागि एपर्चर एफ/१.८ र एफ/२.४ दिईएको छ,जसमा एलइडी फ्ल्याश लाइट फिचर छ । साथै १२ मेगपिक्सेलको सेल्फी क्यामेरा छ,जसमा एफ/२.० एपर्चर फिचर समावेश छ । उक्त ह्यान्डसेटको फ्रन्ट क्यामेरामा आइआरफिल लाइट,थ्रीडी म्यापीङ,फेस वेक फेसियल रेकग्नीशन जस्ता फिचरहरु समाबेश छ ।यसका साथै फोनको फ्रन्टमा आइफोनको जस्तै नच उपस्थित छ ।

भिभो एक्स २१ लाइ संचालन गर्नका लागि ३२०० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग गरिएको छ,यसले फास्ट चार्जीङ टेक्नोलोजीलाई सपोर्ट गर्दछ । कनेक्टिभिटीको लागि ४ जी एलटिइ,डुअल ब्याण्ड वाईफाई,ब्लुटुथ,युएसबि  २.०,ओटिजी सपोर्ट र जीपीएस जस्ता फिचरहरु छन् । फिंगरप्रिन्ट सेन्सर,अन्डर,ग्र्याभिटी,प्रोक्सीमिटि,एम्बीयन्ट लाइट र जायरोस्कोप लगायतका सेन्सरहरु यो फोनमा समाबेश छ । फोनको वजन १५६.२ ग्राम छ ।