कीवर्डहरू -

क्यासलेस सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

क्यासलेस सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।