कीवर्डहरू -

इसेटका इनह्यान्स्ड कन्जुमर प्रडक्ट \'इन्टरनेट प्रोटेक्सन २०१८\' सार्बजनिक

इसेटका  प्रडक्टहरु नेपाली बजारमा क्लाउड लिंक मार्फत उपलब्ध

इसेटका इनह्यान्स्ड कन्जुमर प्रडक्ट \'इन्टरनेट प्रोटेक्सन २०१८\' सार्बजनिक


इसेटले २१ मार्चमा उच्च क्षमताको इन्टरनेट प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको छ ।


इसेटले मल्ल होटल काठमान्डौमा विभिन्न मिडिया तथा डिलरहरुको उपस्थितिमा हाइ लेभलको प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको हो । क्लाउड लिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेज इसेट कन्जुमर सगमेन्टको नेपालको लागि आधिकारिक बिक्रेता हो ।


क्लाउडलिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेजको बारेमा
क्लाउडलिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेज एउटा प्रोफेसनल आइटी कम्पनि हो, यसले प्रोफेसनल सर्भिस प्रदान गर्नुका साथै कस्टमरको आवश्यकता अनुसारका बिभिन्न ब्रान्डका प्रडक्टहरु बिक्री वितरण गर्ने लगायतका कार्यहरुमा समर्पित छ ।

बिभिन्न एन्टीभाइरस, प्रोजेक्टर, सेक्युरिटी प्रडक्ट, डिजिटल टेक्नोलोजी तथा फ्ल्याश मेमोरी लगायत सामग्रीहरु प्रति  प्रयोगकर्ताहरुको  बढ्दो मागलाइ मध्यनजर गर्दै क्लाउडलिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेजले आफ्नो स्थापना कालदेखिनै यी कुराहरुलाइ आधार बनाएर कार्य गर्दै आइरहेको छ  ।


बिगत २० बर्ष देखि काठमान्डौमा अवस्थित क्लाउडलिंक कम्पनिले आइटी क्षेत्रको विकासको लागि बढावा दिदै आइरहेको छ । यो कम्पनिले प्रयोगकर्ताहरुलाई उपयुक्त मूल्यमा प्रभावकारी तथा गुणस्तरीय प्रोफेसनल सेवाहरु प्रदान गर्ने प्रयास गर्दछ ।


कम्पनिको मुख्य उद्देश्य आफ्ना ग्राहकहरुलाई सन्तोषजनक अनुभव प्रदान गर्ने खालका सेवाहरुको उत्पादन गर्नु हो । हाल यो कम्पनिले इसेट,  टेण्डा तथा भ्युसोनीक जस्ता तीन ठुला अन्तर्रा्ष्ट्रिय कम्पनिहरु सँगको सहकार्यमा काम गरिरहेको छ ।


इसेटले विश्वभरका ब्यबसाय तथा उपभोक्ताहरुका लागि बिगत ३० बर्ष देखि आइटी सेक्युरिटी सफ्टवेयर तथा सर्भिस प्रदान गर्दै आइरहेको छ । मोबाइल सेक्युरिटी देखि इन्क्रीप्सन सहित टु फ्याक्टर अथेन्टिकेशन सम्म ,इ सेटको उच्च प्रस्तुति रहेको छ ।

साथै इसेटका प्रडक्टहरु प्रयोग गर्न सहज भएका कारण उपभोक्ता तथा व्यापारमा यसलाई आरामसँग प्रयोग गर्न सकिन्छ र यसका टेक्नोलोजीहरुको क्षमताको पूर्ण प्रयोग गर्न सकिन्छ ।

इसेटले चौबिसै घण्टा असामान्य तरिकाले सुरक्षा दिनुका साथै निगरानी समेत राख्छ र ब्यबसाय बिना रुकावट संचालन गर्नको लागि प्रयोगकर्ताहरुलाइ सुरक्षित गरि वास्तबिक समयमा सुरक्षालाइ अद्यावधिक गर्छ । इसेट १०० भाइरस बुलेटिन भीबि १०० अवार्ड प्राप्त गर्ने पहिलो आइटी सेक्युरिटी कम्पनि हो ।


इसेटका  प्रडक्टहरु नेपाली बजारमा क्लाउड लिंकमा उपलब्ध छन्
क्लाउड लिंकले इसेट एनओडी ३२ एन्टीभाइरस, इसेट इन्टरनेट सेक्युरिटी, इसेट मल्टी डिभाइस सेक्युरिटी, इसेट स्मार्ट सेक्युरिटी लगायतका प्रडक्टहरु राखेको छ । यी सम्पूर्ण प्रडक्टहरुमा हाइ पर्फर्मेन्स र स्पिड जस्ता बिशेषताहरु रहेका छन् ।


अहिलेको  र्याँसमवेयर, माल्वेयर अट्याक र साइबर थ्रेटहरुमा बृद्धी भैरहेको अवस्थामा प्रयोगकर्ताहरुले उच्च स्तरीय इन्टरनेट सेक्युरिटी सहित सुरक्षित कदम उठाउनु जरुरि छ ।

इसेट बिगत तीन दशक यता प्रयोग भैरहेको आइटी सेक्युरिटी तथा प्रोटेक्सनको लागि फ्ल्यागशिप प्रडक्ट हो । यसमा भएको सेक्युरिटीको नयाँ तह विन्डोज स्टार्ट हुनु भन्दा पहिले एक्टिभ रहन्छ र युनीफाईड एक्सटेंसीबल फर्मवेयर इन्टरफेसमा रोपिएका अन्य नयाँ थ्रेटलाइ पनि यसले पहिचान गर्दछ ।


यसमा भएको रि इन्भेंटेड लाइसेन्स मेनेजरले प्रयोगकर्ताहरुलाई चिन्तामुक्त बनाउछ । साथै सबै महत्वपूर्ण डाटाहरु my.eset.com मा उपलब्ध हुन्छ ।


’’हाम्रो इसेटले विभिन्न डिभाइसहरुको लागि अन्तिम सुरक्षा प्रदान गर्दछ । प्रयोगको लागि सहज र फास्ट इन्स्टल गर्न सकिन्छ । अन्य एन्टीभाइरसहरुको तुलनामा हाम्रो प्रडक्टमा सम्पूर्ण फिचर्स समाबेश छ । यो फुटप्रिन्ट सानो  मेकानिज्म र क्लाउड बेस्ड स्क्यानिङ हो । यसले थोरै स्पेसको प्रयोग गरि तपाईलाइ फुल स्पिडमा सहजतापूर्वक तपाइको सिस्टम संचालन गर्न मद्दत गर्दछ । ’’ कम्पनीका प्रवन्ध निर्देशक राहुललाल श्रेष्ठले बताए ।