कीवर्डहरू -

हाम्रो डक्टरको अनलाईन स्वास्थ्य सेवा संस्करण सुरु

हाम्रो डक्टरको अनलाईन स्वास्थ्य सेवा संस्करण सुरु

हाम्रो डक्टर दोस्रो वर्ष पुरागरी तेस्रो वर्षमा प्रवेश गरेको छ । अस्पताल तथा चिकित्सकको विवरण र स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले मोबाइल एप्लिकेशन र वेभसाइटका रुपमा हाम्रो डक्टर सन् २०१६ मा सुरु भएको थियो ।

स्वास्थ्य केन्द्रित मल्टिमिडियाका रुपमा निरन्तर समाचार , सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको हाम्रो डाक्टरले तेश्रो वर्ष प्रवेशसँगै आफ्नो समाचार संस्करणका अलावा अनलाईन स्वास्थ्य सेवा संस्करण पनि सुरु गरेको छ ।

\"\"

समाचार , सूचना तथा सहजीकरणको साथै हाम्रो डक्टरले नेपालमै पहिलो पटक हाम्रो डक्टर डटकम र मोबाइल एप मार्फत अनलाइन स्वास्थ्य सेवा सुरु गरेको हेल्दीलाइफ फाउण्डेशनका अध्यक्ष एवं सिइओ उद्धवराज भेटुवालले जानकारी दिए ।

हाम्रो डक्टरको प्रयोगबाट प्रयोगकर्ताहरुले अनलाईन खाता बनाएर चिकित्सकहरु छानेर उनीहरुसँग सःशुल्क तथा निःशुल्क परामर्श लिन सक्नेछन् । त्यस्तै , अस्पतालका सेवा बूक गर्न सकिने , आफ्ना मेडिकल रिपोर्टहरु सुरक्षण गर्न सकिने , सेवाबापत अनलाईनबाटै पैसा तिर्न सकिने लगायत विशेषताहरु मोबाइल एप र वेभसाईट हाम्रो डक्टर डटकममा थपेको गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा हाम्रो डक्टरले आउँदो १५ दिन सम्म निःशुल्क चिकित्सकहरुसँग अनलाईन स्वास्थ्य सल्लाह लिन सकिने अफर समेत दिएको सिइओ भेटुवालले जानकारी दिए ।

\"\"

नयाँप्रविधिमार्फत हाम्रो डक्टरले सेवाग्राही र सेवाप्रदायक बीचको दूरी हटाउन मद्दत गर्ने हाम्रो विश्वास छ उनले भने हाम्रो डक्टरको स्वास्थ्य सेवा लिनको लागि खल्ती अनलाइन पेमेन्ट मार्फत मोवाइल र बैंकबाट शुल्क तिर्न सक्छन् ।

हाम्रो डक्टर पोर्टलमा अहिले करिब २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण सहित तीन सयभन्दा बढी अस्पतालको विवरण उपलब्ध छ ।  यो सँगै हाम्रो डक्टरको समाचार संस्करणहरु हाम्रो डक्टर न्यूज डटकमबाट प्रशारण आरम्भ भएको छ ।