कीवर्डहरू -

नेपालमा फोर्ड मुस्ताङ सार्वजनिक

नेपालमा फोर्ड मुस्ताङ सार्वजनिक

नेपालको लागि फोर्ड गाडीका आधिकारिक बिक्रेता जियो अटोमोबाइल्सले विश्वविख्यात फोर्ड मुस्ताङ सार्वजनिक गरेको छ । यो बर्षको नाडा अटो सो मा फोर्ड मुस्ताङ प्रदर्शन गर्दा गाडीका पारखीहरु द्वारा उत्साह जनक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनिले उक्त गाडी नेपाल भित्र्याएको हो ।

फोर्ड मुस्ताङ विश्वमानै आफ्नो स्टाइल,कार्यकौशलता तथा शक्तिशाली इन्जिनका लागि प्रख्यात छ । यो मोडललाई अमेरिकन आइकनका रुपमा लिइन्छ । हलिउडका धेरै फिल्ममा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।

फोर्ड मुस्ताङमा ५.० लिटर,भि ८ इन्जिन जडान गरिएको छ,जसले ४ सय ५० पीएस शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसन युक्त फोर्ड हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ ।

उत्कृष्ट प्रबिधिबाट सुसज्जित फोर्ड मुस्ताङमा भ्वाइस कमाण्ड,स्टाइलिस एलइडी लाइट रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटोकै अनुरुप सिस्टम राखेको नयाँ फोर्ड मुस्ताङ युरो ५ प्रबिधिको कार हो ।