कीवर्डहरू -

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन भि ९ आज सार्वजनिक हुँदै

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन  भि ९ आज सार्वजनिक हुँदै

चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन भिभो भि ९ ( Vivo V9) आज सार्वजनिक गर्दैछ ।

कम्पनिले नेपाली बजारमा केहि महिना अघि सार्वजनिक गरेको भिभो भि सेभेनले राम्रो सफलता प्राप्त गरेपछि नयाँ सेट भिभो भि ९ सार्वजनिक गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा कमाएको भिभो भि नाइन १९ : ९ एस्पेक्ट रेसियोको रहेको छ । ६.३ इन्चको ठुलो आइपिएस फुलएचडी एलसीडी स्क्रिन छ भने २२८० x १००८० पिक्सेल रेजोलुसन

यसको फ्रन्ट लुक आइफोन एक्स जस्तै देखिन्छ । यसको नच टप साइडमा रहेको छ । फोनको पछाडी पट्टि अल्मुनियमको प्रयोग गरिएको छ ।

भिभो भि नाइन विश्व बजारमा भने यसको डिस्प्ले भित्र राखिएको फिंगरप्रिन्टको कारण निकै चर्चामा रहेको छ । भिभोको यो डिभाइस विश्वको पहिलो डिस्प्ले मुनी फिंगरप्रिन्ट भएको स्मार्टफोनको रुपमा चिनिन्छ ।

भिभो भि नाइनमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६२६ प्रोसेसर राखिएको छ भने फोटोका लागि ड्यूल रियर क्यामरा सेटअप रहेको छ ।

१६ मेगापिक्सेल र ५ मेगापिक्सेलको डुअल रियर क्यामरामा एआई प्रविधिको सहयोगबाट तस्वीरलाई आकर्षक बनाउन सकिने बताईएको छ ।

\"\"
त्यसैगरि फोनमा सेल्फीका लागि २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनको पफर्मेंसको बारेमा कुरा गर्दा,भिभो भि ९ मा १४ एनएम स्नाप् ड्रागन ६२६ एसओसी २.२ जिएचजेडमा चल्ने प्रोसेसर  छ ।

४ जीबी र्याम र ६४ जीबी अनबोर्ड स्टोरेज उपलब्ध छ । यसलाई माइक्रोएसडी कार्डको सहायतामा २५६ जीबी सम्म बढाउन सकिन्छ ।

यो डीभाइसमा आफुले चाहे जति एप्लिकेशन डाउनलोड गर्न सकिन्छ । साथमा ठुला साइजका भिडियोहरु समेत ड़ाउनलोड गरेर हेर्न सकिन्छ ।यसको लागि फोनको स्टोरेजमा कुनै सम्झौता गर्न पर्दैन ।

फोनमा यी सम्पूर्ण कुराहरु संचालनका लागि ३२६० एमएएच ब्याट्री प्याक गरिएको छ । ओरियो ८.१ एन्ड्रोइड भर्जन सहितको यो ह्यान्डसेटमा फन टच ओएस ४.० छ ।

साथै भिभो भि ९ मा ४ जी भिओएलटिइ,वाईफाई ८०२.११,ब्लुटुथ ४.२ लगायतका कनेक्टिभिटि अप्सनहरु रहेका छन् । यसका साथै फिंगरप्रिन्ट सेन्सर,फेस अनलक जस्ता सेन्सरहरु समेत उपलब्ध छन् ।