कीवर्डहरू -

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा १५ प्रतिशतसम्म छुट 

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा १५ प्रतिशतसम्म छुट 

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिसँग कार्तिक २३ गते सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशभरी १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।