कीवर्डहरू -

५१२ जीबी स्टोरेज सहित हुवावेको नयाँ स्मार्टफोन

५१२ जीबी स्टोरेज सहित हुवावेको नयाँ स्मार्टफोन

स्मार्टफोन निर्माता कम्पनी हुवावेले पोर्श डिजाइन मेट आरएस ( Porsche Design Mate RS) स्मार्टफोन लन्च गरेको छ । कम्पनिले यो फोन पी २० र पी २० प्रो सँगै सार्वजनिक गरेको हो । यो फोन हुवावे कम्पनिको अहिले सम्मकै सबैभन्दा महँगो फोन हो ।

हुवावेको यो लक्जरी क्लास फोनले हाई पफर्मेन्स दिन्छ । सुन्दर बिशेषता भएको यो फोनमा एआइ टेक्नोलोजीको द्वारा कम्प्युटर पर्फर्मेन्सको बेजोड संयोजन गरिएको छ । उच्च शैलीमा निर्माण गरिएको यो डिभाइस Porsche Design Mate RS मा स्पोर्ट्स कारमा भएको एरोडाइनामिककै ढाँचामा तयार गरिएको  कर्भ्ड एज छ ।

कम्पनिले यो फोनमा टप क्वालिटीको लिका ट्रिपल क्यामेरा समावेश गरेको छ । प्राइमरीमा ४०/२०/८ एमपीको सेन्सरहरु छन् जसबाट कलरफुल तथा शार्प फोटोहरु लिन सकिन्छ । साथै ८ एमपीको सेल्फी क्यामेरा र हाइब्रिड जुम पनि छ । ६ जीबी र्यामको साथमा किरिन ९७० चिप्सेट तथा फोनमा भर्खरै लन्च भएको एन्ड्रोइड ८.० ओरियो अपरेटिङ सिस्टम छ ।

\"\"

Porsche Design Mate RS मा डिस्प्लेको कुरा गर्दा यसमा ६ इन्चको हाइ रेजोलुसन डिस्प्ले छ । २५६ जीबीको फ्ल्याश मेमोरी छ । साथै ५१२ जीबी अप्सन समेत छ । हुवावेको मेट आरएस सिरिजको यो फोनले म्युजिक भिडियो तथा फोटोको लागि धेरै स्टोरेज प्रदान गरेको छ ।

हाइ क्लासको डल्बी डुअल स्पिकर प्रयोग भएको कारण फोनले  भिडियो हेर्दा  अथवा गित सुन्दा अधिकतम सन्तुष्टि प्रदान गर्छ । हुवावेको यो पावरफुल डिभाइस रन गर्नका लागि ४००० एमएएचको ब्याट्री छ,जसलाई सुपर चार्ज टेक्नोलोजीको प्रयोगले ३० मिनेटमा नै चार्ज गर्न सकिन्छ । साथै वायरलेस चर्जिङ सिस्टम समेत छ ।

Porsche Design Huawei Mate RS मा डुअल सिमको क्षमता तथा इन्टर्याक्टिभ एआइको प्रयोग भएको कारण यो प्रयोगकर्ताहरुको राम्रो साथी बन्न सक्छ । यसको मूल्य १६९५ युरो देखि २०९५ युरो सम्म तोकिएको छ ।