कीवर्डहरू -

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको  छ ।

नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली यूवा माझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवी अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरुपनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ । मितिको घोषणा भइ नसकिएतापनि कम्पनीका अनुसार अप्रिल महिना भित्रै फोन सार्वजनिक गरिने छ ।

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ ।

यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।

\"\"
२५ एमपी फ्रण्ट क्यामेरा
२५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छायाँ परेको स्थान दुबै अवस्थामा चहकिलो तस्विर सम्प्रेषण गर्न सकियोस् भन्ने सोचका साथ उच्च ल्यूमिनेन्स रेञ्जको ब्यवस्था गरिएको छ । त्यसैगरी तस्विरलाई थप विस्तृत, चहकिलो र जीवन्त बनाउन यसमा पिक्सेलको कन्ट्राष्ट र कलर रेञ्जमा समेत बृद्धि गरिएको छ ।

सेन्सर एचडीआर प्रविधि
नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । सामाजिक सञ्जाल लगायतमा आफ्ना तस्विर राख्न अत्यधिक रुचाउने यूवा जमातका लागि आवश्यकता अनुसार प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ ।