कीवर्डहरू -

बिश्वबिद्धालयहरुलाइ Center for Excellency ​​​​​​​को रूपमा बिकास गर्न आवश्यक छ - महेश बर्तौला

बिश्वबिद्धालयहरुलाइ Center for Excellency ​​​​​​​को रूपमा बिकास  गर्न आवश्यक छ - महेश बर्तौला

महेश बर्तौला
अध्यक्षका मुख्य दाबेदार, अनेरास्ववियु

मकवानपुरको दुर्गम गाँउ नामटारमा जन्मेर निकै संघर्ष भोगेका महेश बर्तौला स्कुल पढ्दा देखि नै राजनीतिमा जुझारु रुपले लागेका थिए ।

२३ बर्षे राजनीतिक यात्राका अबिचलित उनि २०७२ सालमा सम्पन्न २२औं महाधिवेशनबाट सर्वा्धिक मत सहित केन्द्रिय उपाध्यक्षमा निर्वा्चित भएका उनि अहिले अनेरास्ववियुको निर्वाचनमा केन्दि«य अध्यक्षको प्रमुख दाबेदार हुन ।

राजनीतिक शास्त्र एवं व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले कानुनमा स्नातक समेत गरेका छन्  उनिसँग लिभिङ विथ आइसिटीको लागि उमेश ढुंगेलले गरेको विशेष कुराकानी ।

\"\"
अहिलेको नया राजनीति परिवेश र स्थायी सरकारको अपेक्षा रहिरहेको बेला अनेरास्व्युको राष्ट्रिय निर्वाचन कस्तो रहला ?
नयाँ संविधानको कार्यान्वयनमार्फत मुलुकका सबै अवयबहरुलाई गति दिदै सम्बृद्द रास्ट्र निर्माण गर्ने महान अभियान को अगुवाइ यतिबेला नेकपा एमालेका स्रद्देय अध्यक्ष केपी शर्मा ओलि नेतृत्व को बामपंथी सरकारले गरिरहेको छ । यो अत्यन्तै खुसीको विषय हो।प्रतिपक्षी चरीत्र बोकेको अनेरास्ववियु आफ्नो छुट्टै बिधान र निर्णय का आधार मा संचालन हुने भएको ले मुलुक को बिद्यमान राजनीतिक परिस्थिति वा सरकारको कामकारबाहीसँग अनेरास्ववियुले गर्ने नियमित गतिविधिहरुको कुनै साइनो नै रहदैन ।


एमाले र माओवादी केन्द्र बिचको एकता का कारण समय पुगिसकेको अबस्थामा समेत अनेरास्ववियुको २३ औं महाधिवेशन नगर्न पार्टी ले रोक लगाएको छ भने अनेरास्ववियुका अध्यक्ष नबिना लामा प्रतिनिधि सभाको साम्सद हुनुभएपछी अनेरास्ववियु को नेतृत्व हस्तान्तरण को सन्दर्भ अगाडि बढेको छ । राष्ट्रिय महाधिवेशन हुन नसक्ने बर्तमान परिस्थिति लाई मध्यनजर गरेर अब हामी संगठन को बैठक मार्फत अनेरास्ववियु को आगामी कार्यक्रम र नेतृत्व को फैसला गरि उच्च गतिमा संगठनका क्रियाकलाप हरुलाइ अगाडि बढाउने छौं ।

तपाई अध्यक्षको प्रमुख दाबेदार हुनुहुन्छ, यसअघि उपाध्यक्ष हुदा के त्यस्तो काम गर्नुभयो, जसले अध्यक्षको लागि योग्य मान्न सकिन्छ ?
प्राकृतिक र राजनीतिक चस्माबाट हेर्ने हो भने अखिल को अध्यक्ष म नै हुने कुरामा कुनै सन्देह छैन ।उपाध्यक्ष हुँदा मैले ८ बर्ष देखि हुन नसकिरहेको स्वबियु निर्वाचन सम्पन्न गर्ने संगठनको तर्फबाट नेतृत्व गरे । भारतीय नाकाबन्दीका विरुद्ध उभिदै त्यो घटनालाई अन्तर्रा्ष्ट्रिय करण गर्न गरेको अगुवाइ, संविधान संसोधन गरि नेपाल लाई बिखण्डन गर्न खोज्ने देउवा सरकारको रास्ट्रघाती कदम का विरुद्ध विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी पुरा गरे ।

उपाध्यक्ष हुनु मात्र वा उपाध्यक्ष भएर गरेका काम का आधार ले मात्र अध्यक्ष को लागि योग्य छु भनिहाल्ने कुरा शोभनीय हुँदैन। यसको लागि सिङ्गो संगठन को निर्माण ,परिचालन र आन्दोलन मा खेलेको भुमिका लाई समेत तौलनु जरुरी हुन्छ । त्यसैले म त्यस बिसयलाई अलि कति कोट्याउन चाहान्छु ।

सर्वप्रथम त अखिलको बर्तमान जिम्मेवारी सम्म आइपुग्न मैले बिद्यार्थी आन्दोलनमा निकै लामो समय ब्यतित गरिसकेको छु ।२०५३ सालमा कक्षा ७ मा नै अनेरास्ववियु स्कुल कमिटीको अध्यक्ष भएर विद्यार्थी राजनीतिमा संगठित भए पश्चात् अखिलको बिधान मा उल्लेख भएका सबै कमिटी को नेतृत्व गर्दै आइरहेको छु।

इलाका ,क्षेत्र ,क्याम्पस कमिटी को अध्यक्ष हुँदै मकवानपुर जिल्ला को दुई पटक अध्यक्ष ,नारायणी अञ्चल को उपाध्यक्ष ,मध्यमाञ्चल बिकास क्षेत्रको प्रमुख ,मकवानपुर बहुमुखी क्याम्पस को दुई पटक स्वबियु सभापति ,स्वबियु काउन्सिल नेपाल को केन्द्रिय अध्यक्ष, अनेरास्ववियु केन्द्रिय सदस्य हुँदै दुई पटक सचिवालय सदस्य अनि सचीव हुदै उपाध्यक्ष भएको हु ।।आजको दिन सम्म संगठनले दिएको सबै जिम्मेवारी कुसलता का साथ निर्वाह गरेको छु । यि आधारहरु नै म अध्यक्ष हुनुपर्ने दाबी को पुस्ट्याई हो ।

\"\"

अझैपनि विद्यार्थी संगठनहरुले पार्टीको भाषा र त्यस अनुरुपको आन्दोलनमा नै केन्दित भएको देखिन्छ, शिक्षा र प्रविधि क्षेत्रका विद्यमान समस्या र क्वालिटी शिक्षामा आवाज उठाएको पाइदैनन नि ?

म यसमा पुर्ण सहमत छैन ।।कहिलेकाही तपाईंले भनेको जस्तो पनि भएको होला र केहि बुर्जुवा किसिमका विद्यार्थी संगठनहरु आफ्नो मातृ पार्टीकै निर्देशन बमोजिम मात्रै आन्दोलन गर्ने गरेको पनि देखिन्छ तर अनेरास्ववियुको नजर बाट भन्नुपर्दा हामी हाम्रो पार्टी नेकपा एमालेको राजनैतिक मार्ग्निर्देशक सिद्धान्त को सिमा भित्र रहेर आफ्नो सम्पुर्ण साङठानिक क्रियाकलापहरु संचालन गर्न ,आन्दोलनको अगुवाई गर्न पुर्ण स्वतन्त्र छौं ।
यसमा पार्टी ले हामीलाई कुनै हस्तक्षेप नै गर्दैन र गर्न मिल्दैन पनि ।

अब याहाले भने जस्तो अबको विद्यार्थी आन्दोलन शैक्षिक गुणस्तरीयता तर्फ केन्द्रित हुनु जरुरी छ।हिजो को शिक्षा साक्षरता वृद्धि गर्ने उद्देश्य सँग केन्द्रित थियो तर अबको शिक्षा मुलुको बिकास र समृद्धि लाई नेतृत्व गर्न सक्ने किसिमको हुनुपर्दछ भन्ने उदेश्य बाट प्रेरित छ ।


हाम्रा बिश्वबिद्धालय हरु अब बेरोजगार उत्पादन गर्ने कारखाना मात्र हुने होईन कि बिश्वबिद्धालय हरुलाइ C enter for excellency को रूपमा बिकास गर्दै देशका लागि आवश्यक दक्ष प्राबिधिक जनशक्ति उत्पादन गर्ने र खपत गराउन सक्ने क्षेत्र को रूपमा अगाडि बढाउनु जरुरी छ।

जबसम्म पैसामा जोखेर शिक्षा पाउने परिस्थितिको अन्त्य हुँदैन तब सम्म समाज को रुपान्तरण नै हुन सक्दैन । त्यसैले अबको विद्यार्थी आन्दोलन प्राबिधिक र गुणस्तरीय शिक्षा प्राप्ति तर्फ केन्द्रित हुनुपर्दछ।यस मार्गबाट आन्दोलन लाई अगाडि बढा बिसयमा अनेरास्ववियु प्रष्ट छ।

अब देश विकासको प्रमुख आधार प्रविधि नै हो भन्नेकुरामा तपाइ कतिको कन्भिन्स्ड हुनुहुन्छ ?
यस मा त कुनै दुबिधा नै छैन नि ।आजको युग विज्ञान र प्रविधिको युग हो। दुनियाँ का सबै विकसित देशहरूलाई हेर्ने हो भने प्रविधिको बिकास त्यसको उच्चतम प्रयोग र परिचालन मार्फत नै ती देशहरूले आफुलाइ शक्तिशाली बनाउन सफल भएका छन ।यसबाट समेत शिक्षा लिदै बिकास को बाटोमा तर्फ बामे सर्दै गइरहेको हाम्रो देशले पनि प्रबिधि मा लगानी र यसको प्रयोगमा आफुलाइ पुर्ण सकारात्मक बनाउनु अपरिहार्य छ।

तपाइले चुनाव जित्ने मुख्य आधारहरु के के छन, यसमा कहि कतै प्रविधिलाइ स्थान दिनुभएको छ ?
अहिले अनेरास्ववियु को निर्वाचन हुदैछ भन्ने कुर अलि होइन । संगठनका आदरणीय अध्यक्ष संसदको सदस्य हुनुभएको र उहाँ स्वयं ले जिम्मेवारी हस्तान्तरण गर्न खोजेको कारण नेतृत्व पुनर्गठन को विषय उठेको हो।नेकपा एमाले र माओवादी केन्द्र बीच को एकता प्रक्रिया अगाडि बढिरहेको कारण पार्टी ले महाधिवेशन गर्न समेत रोक लगाएको अहिले को अबस्थामा केन्द्रिय कमिटी को बैठक बाट नै नेतृत्वको सँगसँगै सिङ्गो कमिटी को पुनर्गठन गरेर अधि बढ्ने छौँ ।


जहाँ सम्म जित्ने भन्ने कुरा छ यसमा म के कुरामा बिस्वस्त छु भने अध्यक्ष ले नेतृत्व हस्तान्तरण गर्दा उपाध्यक्ष लाई नै गर्ने हो।यदि महाधिवेशन नै भएको हुन्थ्यो भने अरु साथीहरू पनि आकान्छी हुन सुहाउथ्यो।उपाध्यक्ष हरु बाट नेतृत्व चयन गर्दा आज सम्म मैले निर्बाह गरेको भुमिका र लामो समय देखि विद्यार्थी आन्दोलनमा मैले गरेको लगानी का कारण सर्बसहमति का साथ म अध्यक्ष हुन्छु भन्ने कुरामा ढुक्क छु।अब अनेरास्ववियु प्रबिधि मैत्री हिसाबले अगाडि बढ्छ भन्ने कुरामा पनि यहालाइ बिस्वस्त पार्न चाहन्छु ।


सरकार सफल हुन पारदर्शी र एकाउन्टविलिटी हुनु आवश्यक छ, यसको लागि इ गर्भनेन्स पुर्णरुपमा लागु हुनुपर्दछ, तर नेपालमा यो किन नभएको होला ?

इ गभर्नेन्स को बारेमा बेला बेला बहस छलफल हुने गरेको त पाइन्छ ।तर नेपाल मा इ गभर्नेन्स बारेको चेतना को अभाव ,कर्मचारीतन्त्रको अरुचि र राजनैतिक नेतृत्वको उदासिनता नै इ गभर्नेन्स लागु नहुनु को प्रमुख कारण हो।।यतिबेला हाम्रो देश समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गरि समृद्ध रास्ट्र निर्माणको महाअभियान मा जुटिरहेको छ ।
यसको लागी भ्रष्टाचारको अन्त्य , सुशासन र जन उत्तरदायी सरकार पहिलो शर्त हो।आजको युग सोफियाको युग हो अर्थात प्रबिधिको युग हो। यसलाई अनुसरण गर्दै अगाडि बढ्ने देश हरुनै आफुलाइ अब्बल तुल्याउन सफल भएका छन् । हाम्रो देश मा पनि सरकार प्रबिधि मैत्री भएर अगाडि बढ्नु जरुरी छ।पारदर्शी,उत्तरदायी ,जवाफदेही सरकारका लागि इ गभरनेन्स आजको समयमा महत्त्वपूर्ण आधार हो। सरकारले यो कुरा बुझ्नु जरुरी छ।नेपाल मा इ गभर्नेन्सका लागि अब ढिलाइ गर्न पटक्कै हुँदैन ।

\"\"

दुइ पार्टी एक नभइसकेको अवस्थामा विद्यार्थी संगठनलाइ मिलाएर चुनाव गराउन कतिको च्यालेन्जिङ सम्झनुभएको छ ?
मैले अगाडि नै भनिसकेको छु कि दुई पार्टीको एकता को प्रक्रिया अन्तिम चरण मा पुगिसकेको छ। पार्टीको एकता सँगसँगै विद्यार्थी संगठन को पनि एकता प्रक्रिया अगाडि बढिहाल्ने अबस्था छ।यतिबेला अनेरास्ववियु को महाधिवेशन हुन गइरहेको होइन ।बर्तमान अध्यक्ष नबिना लामा ले बिदा लिन खोज्नु भएका कारण उहाँको जिम्मेवारी मा अरु साथिलाइ पदस्थापन गर्न खोजिएको हो ।


यो अनेरास्ववियु भित्र को आन्तरिक कुरा  हो। त्यसैले यो आन्तरिक विषय भएकोले अनेरास्ववियु को नयाँ अध्यक्ष छनौट मा पार्टी एकता पुर्ब कुनै असर गर्दैन ।हामी सकेसम्म सर्बसम्मत यद्यपि तेसो नभए केन्द्रिय कमिटी भित्र मतदान मार्फत सजिलोसँग निर्णय मा पुग्छौं

तपाइले सानै उमेरदेखि संघर्ष गर्दै लिडरसिपको अर्को उचाई लिने क्रममा हुनुहुन्छ, तपाइ जितेपछि नेपालको विद्यार्थी संगठनले मात्र नभएर समग्र देश सुधारका पक्षमा कुन कुन कुराले विश्वस्त हुन सकिन्छ ?

यहाँले भने जस्तै म कक्षा ७ मा पढ्दापढ्दै विद्यार्थी राजनीतिमा संगठित भै आजको यो जिम्मेवारी सम्म आइपुगेको हु । मैले धेरै नै दुख र मिहिनेत पनि गरेको छु। यदि संगठनले मलाई अनेरास्ववियु को अध्यक्ष को जिम्मेवारी दिदा सबैभन्दा पहिले त म विद्यार्थी आन्दोलन लाई रचनात्मक ढंगले शैक्षिक मुद्दा हरुको जगमा उभिएको सशक्त शैक्षिक आन्दोलन रूपमा बिकास गरेर अगाडि बढ्ने छु ।

विद्यार्थी आन्दोलन प्रति लागेका कयौं नकारात्मक आरोप र प्रश्नहरुको सकारात्मक पहलकदमी र परिचालन मार्फत सबै भ्रम हरुलाइ निर्मुल पार्नेछु। दिमागमा ज्ञान र हातमा सीप दिने शिक्षा आजको आवश्यकता हो भन्ने कुरालाई स्थापित गरि त्यस अनुरुपको शिक्षा निति निर्माण को लागि जोड दिएर अघि बढ्नेछु ।

शिक्षा क्षेत्रमा बढ्दै गइरहेको निजीकरण र ब्यापारिकरण लाई अन्त्य गरि शिक्षा ,स्वास्थ्य र रोजगारी जस्ता बिसयमा राज्य लाई नै जिम्मेवार बनाउन दबाब र खबरदारीको भुमिका निर्वाह गरिनेछ । त्यति मात्र होइन सरकारि कामकाजमा हुने ढिलासुस्ती अन्त्य ,भ्रष्टाचारको अन्त्य ,सुशासन ,सामाजिक न्याय र जनजिबिकाको मुद्दाहरूमा समेत नियमित खबरदारीपुर्ण आन्दोलन अगाडि बढाइरहने छौं ।


विद्यार्थी संगठन लाई मुलुक र समाजको अगुवाई गर्न सक्ने सक्षम योग्य र निपुण जनशक्ति र राजनेता हरु उत्पादन गर्ने बिश्वबिद्धालय को रुपमा बिकास गर्ने गरि अनेरास्ववियु को अध्यक्ष को भुमिका मार्फत सक्षम ढंगले विद्यार्थी आन्दोलन को नेतृत्व गर्न चाहन्छु ।यस तरिका मार्फत नै राजनीति प्रती पछिल्लो क्षमतावान पुस्ता लाई आकर्षक गर्न सकिन्छ र समृद्ध रास्ट्र निर्माणको अभियान मा युवा विद्यार्थी हरुलाइ जोड्न सकिन्छ ।यो नै आजको दिनमा मुलुक का लागी महत्त्वपूर्ण सबाल हो।

महेश बर्तौलाको बिसेष अन्तर्वार्ता चैत महिनाको 'लिभिंग विथ आइसिटी' म्यागजिनमा प्रकाशन भएको छ । म्यागजिन पढ्न यो लिंकमा क्लिक गर्नुहोस