हेटौडा सिटि कलेजले टेक्नोरियो इन्कर्पोरेशनको सहयोगमा भोलिबाट सुरु हुने गरि प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धि दुई दिने वर्कशप आयोजना गर्ने भएको छ ।
बिजनेस प्रक्रिया सुधार गर्न,बिल्डिंग तथा पुलहरुको निर्माण,प्राकृतिक प्रकोपबाट राहत प्राप्त गर्न र नयाँ भौगोलिक बजारमा सेल्सको बृद्दी गर्न सफ्टवेयरको विकास गर्नुनै प्रोजेक्ट हो ।
अथवा प्रोजेक्ट म्यानेजमेन्ट भनेको प्रोजेक्ट रिक्वायरमेन्ट पुरा गर्न प्रोजेक्ट एक्टिभिटिजको लागि नलेज,स्किल,टुल्स तथा टेक्निकको एप्लिकेशनको हो । यसकारण आइटीका बिद्यार्थीहरुको प्रोजेक्ट म्यानेजमेन्टका बारेमा क्षमता बृद्दी गर्ने उद्देश्यका साथ यो वर्कशप आयोजना गरिएको हो ।
टेक्नोरियो कम्पनिको सहयोगमा प्रोजेक्ट म्यानेजमेन्ट वर्कशप आयोजना हुने भएको हो । टेक्नोरियो सफ्टवेयर भेन्डर हो । जसले धेरै प्रकारका आईटी सेवा समेत प्रदान गर्दछ ।
उक्त कम्पनिमावेब सोलुसन,सफ्टवेयर र एप्लीकेसन डेभलपमेन्ट तथा अन्य थुप्रै आइटीका साधनहरु सम्बन्धित बिशेषज्ञहरु समेत भएका कारण उक्त दुई दिनको प्रोजेक्ट म्यानेजमेन्ट वर्कशप अझ प्रभावकारी हुने देखिएको छ ।
प्रोजेक्ट म्यानेजमेन्ट वर्कशप एप्रिलको ११ र १२ मा हेटौडाको होटेल लिडो इनमा संचालन हुनेछ भने समय बिहान ८ बजे बाट सुरु हुनेछ ।